एक बालिकाको बलात्कारपश्चात् हत्या



महेन्द्रनगर । धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ ।

जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो ।

पीडित परिवारका अनुसार मंगलबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला धनुषाको बेला बस्ने ४० वर्षीय रामचन्द्र महतो नुनियाले बलात्कारपश्चात् हत्या गरेको आरोप लगाइएको छ ।

आरोपित रामचन्द्र विगत तीन वर्षदेखि आफ्नो परिवारसहित त्यही घरमा भाडामा बस्दै आएका थिए । घरमा विविकाकी आमा विमलादेवी साह र नौ वर्षकी बहिनी पुष्पा र दुई वर्षका एक भाइ छन् भने बुबा कृष्णदेवको मृत्यु भइसकेको छ । मंगलबार दिउँसो ४ बजे विविकाकी आमा किनमेल गर्न बजार गएको बेला उक्त घटना भएको बताइएको छ ।

दुई दिदिबहिनी घरमा मात्र भएको देखेर रामचन्द्रले बहिनी पुष्पालाई केही किनेर ल्याउ भनेर पसलमा पठाएका थिए । पुष्पाका अनुसार आफू पसलबाट फर्केलगत्तै घरको मूल ढोकामा आउँदा दिदीले चिच्याइरहेकाको आवाज सुनेको बताइन् । पुष्पाले भनिन्– “मैले ढोका ढक्ढकाएँ खोल्न भनि चिच्याएँ तर ढोका खोलिएन अनि एकछिन पछि दिदीको आवाज आउन रोकियो ।”

पुष्पाले चिच्याएको सुनेर वरिपरिका छिमेकी जम्मा भए र त्यतिबेलासम्म आमा विमला पनि आइसकेकी थिइन् । सबैले ढोका फुटाउन खोजेपछि रामचन्द्रले ढोका खोले । ढोका खोलिएपछि जम्मा भएका सबै छिमेकीसहितले विविकालाई घरभित्र खोज्दा कतै भेटिएन पछि कसैको नजर रामचन्द्र बस्ने कोठाको ओछ्यान छेउमा रहेको जस्ताको बाकसमा पर्न गयो र त्यो खोल्न थालेपछि रामचन्द्रले पहिले खोल्न दिइरहेका थिएनन् अनि झन शंका लागेर त्यो बाकस जबर्जस्ती खोलेपछि त्यसमा सिरकमा बेरेर विविकाको शव लुकाइएको अवस्थामा भेटियो ।

घटनाबारे सबै झर्लङ्गै थियो । स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले घटनाको प्रकृति मुचुल्कापश्चात् शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाए र रामचन्द्र र उनकी श्रीमती पवितालाई पक्राउ गरेको छ ।

प्रहरीले बलात्कारपश्चात् घाँटी थिचेर हत्या गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । यद्यपि घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको

मिस्टर काठमाडौंको उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु

  ४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएको चाल पाएपछि ग्रान्डी पुर्‍याइएको थियो।

पक्राउ परे पूर्व सांसद ढाका कुमार श्रेष्ठ

  राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद डाक्टर ढाकाकुमार श्रेष्ठ लागुऔषध बेचविखन आरोपमा पक्राउ