देउवाका मन्त्रीको गुण्डा मोह,पशुपतीको चाबी गुण्डाका सरदारलाई



हाम्रो इकोनोमि

राधजानीका ठूला डनहरुलाई यतिबेला हाइसञ्चो छ । किनकि प्रहरी नेतृत्वसँग उनीहरुको दोस्ती छ ।
त्यही कारण उपत्यकाको प्रहरी डनलाई संरक्षण गरेर लागूऔषध दुव्र्यसनीहरुको ‘इन्कान्टर’मा लागेको छ । नेता र प्रहरीसँग सेटिङ मिलाएकै कारण डनहरुको फूर्ती बढ्दै गएको छ । केही त सांसद नै भइसकेका छन् । अरु पनि पावरफुल हुँदै गएका छन् ।

राजधानीका पुराना डन गणेश लामा विजयकुमार गच्छेदार नेतृत्वको लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य छन् । उनी गच्छेदारका कति प्रिय रहेछन् भन्ने कुरा थाहा पाएर सोही पार्टीका नेता जितेन्द्र देवसमेत चकित भएका छन् । देव हाल पर्यटनमन्त्री छन् ।

सोही मन्त्रालयअन्तर्गत पर्दछ पशुपती क्षेत्र विकास कोष । जहाँको सदस्यसचिव नियुक्तिका लागि ठूलो चलखेल हुन्छ । गच्छेदारले कोषको सदस्य सचिवमा उनै लामाको नाम प्रस्ताव गरेका छन् । लामाविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
स्रोतका अनुसार उक्त प्रस्ताव प्रधानमन्त्री कार्यालय पुगेर रोकिएको छ । प्रधानमन्त्री कार्यालयका कर्मचारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाका केही सहयोगीले लामालाई नियुक्त गर्दा सरकार नै बदनाम हुन सक्ने भन्दै नियुक्ति रोकेका हुन्, खबर दृष्टिमा छ ।
त्यसपछि लामा आफैं देउवा निकटका व्यक्तिहरुलाई मनाउन दौडधुपमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...