देउवाका मन्त्रीको गुण्डा मोह,पशुपतीको चाबी गुण्डाका सरदारलाई



हाम्रो इकोनोमि

राधजानीका ठूला डनहरुलाई यतिबेला हाइसञ्चो छ । किनकि प्रहरी नेतृत्वसँग उनीहरुको दोस्ती छ ।
त्यही कारण उपत्यकाको प्रहरी डनलाई संरक्षण गरेर लागूऔषध दुव्र्यसनीहरुको ‘इन्कान्टर’मा लागेको छ । नेता र प्रहरीसँग सेटिङ मिलाएकै कारण डनहरुको फूर्ती बढ्दै गएको छ । केही त सांसद नै भइसकेका छन् । अरु पनि पावरफुल हुँदै गएका छन् ।

राजधानीका पुराना डन गणेश लामा विजयकुमार गच्छेदार नेतृत्वको लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य छन् । उनी गच्छेदारका कति प्रिय रहेछन् भन्ने कुरा थाहा पाएर सोही पार्टीका नेता जितेन्द्र देवसमेत चकित भएका छन् । देव हाल पर्यटनमन्त्री छन् ।

सोही मन्त्रालयअन्तर्गत पर्दछ पशुपती क्षेत्र विकास कोष । जहाँको सदस्यसचिव नियुक्तिका लागि ठूलो चलखेल हुन्छ । गच्छेदारले कोषको सदस्य सचिवमा उनै लामाको नाम प्रस्ताव गरेका छन् । लामाविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
स्रोतका अनुसार उक्त प्रस्ताव प्रधानमन्त्री कार्यालय पुगेर रोकिएको छ । प्रधानमन्त्री कार्यालयका कर्मचारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाका केही सहयोगीले लामालाई नियुक्त गर्दा सरकार नै बदनाम हुन सक्ने भन्दै नियुक्ति रोकेका हुन्, खबर दृष्टिमा छ ।
त्यसपछि लामा आफैं देउवा निकटका व्यक्तिहरुलाई मनाउन दौडधुपमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...