भारतीय राजदूत बिरुद्द बिराटनगरबाट खनिए कोइराला,के-के भने राजदूत पुरीलाई



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालका लागि भारतीय राजदुत मञ्जित सिंह पुरीले नेपाल–भारतबिचको सम्बन्ध भगवानले बनाएको भन्ने भनाईको खण्डन गरे । सबै देशको सम्बन्ध भगवानले नै बनाउने तर्क गर्दै कोइरालाले भने, “हामी छिमेकी हौँ, अति निकट छिमेकी मात्र होइन, नेपाल भारतबिचको सम्बन्ध फरक किसिमको छ । तर भगवानले बनाएको भनेर कसरी भन्ने?”
भारत र चिनबिचमा विवाद भइरहेको दोक्लाम नेपालसँग सम्बन्धित विषयवस्तु नभएको कोइरालाको जिकिर छ । “धेरै जान्ने भएर यो विषयमा नेपालले आफ्नो विचार प्रकट गर्नु हुँदैन । शान्त कुटनीतिको हिसाबले चुप लागेर बस्नुपर्छ ।” उनले भने ।
दोक्लाम विवादको समाधान भारत र चिनले नै खोज्न सक्ने कोइरालाको धारणा छ ।

चिन र भारतको बिचमा विवाद हुँदा नेपालले मध्यस्थता गर्नका लागि क्षमता छ कि छैन भन्ने कुरा ख्याल गर्नुपर्नेमा कोइरालाले सचेत गराएका छन् । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले विवाद मिलाउनका लागि नेपालले मध्यस्थता गर्न सक्ने भनेको कुरालाई खण्डन गर्दै कोइरालाले भने, “मध्यस्थता गर्नलाई
हाम्रो क्यापासिटी हुनुप¥यो । नेताहरुको सोच हुनुप¥यो । हामी साना कुरामा त भारत र चिनको सहयोग लिन्छौँ । हामीसँग कसले मध्यस्थता माग्छ ?

कोइरालाले कोशी बाँधका कारण विराटनगर क्षेत्रमा कुनै असर नपरेको बताएका छन् । कोइरालाले विराटनगरमा रहेको बुढी खोला र सिंघाइ खोलाको बाढीका कारण त्यस क्षेत्र प्रभावित भएको बताए । पूर्व र पश्चिमतिरबाट ति खोलाले अप्ठ्यारो पारेको कोइरालाले बताएका हुन् । उनले भने, “कोशी बाँधको कारणले होइन । मानिसहरुले नबुझेर भन्या हो या मैले नबुझेको हो । कोशी बाँधले भएको भए त अहिले विराटनगरको अवस्था बहुतै नाजुक हुन्थ्यो ।”
विराटनगरको विमानस्थललाई तिनै खोलाको कटानले डुबाएको जानकारी कोइरालाले दिए । “पूर्व र पश्चिम दुवैतिरबाट खोला आएकाले विराटनगर जलमग्न भएको हो ।” उनले भने ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...