नारायणीमा पनि पानीको बहाव खतरा नजिक



हाम्रो इकोनोमि

पानीको बहाव बढ्दै जाँदा नवलपरासीस्थित नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको छ ।

नदीमा पानीको बहाव ७ दशमलव तीन मिटर भएमा खतराको संकेत मानिन्छ । पछिल्लो समय करिब ६ दशमलव १५ मिटर पानी नारायणी नदीमा रहेको नवलपरासीका प्रजिअ उदयबहादुर राना मगरले जानकारी दिनुभयो ।

बाढी आउनेक्रम बढ्दो भयो भने थप खतरा हुनसक्ने अनुमान गरिएको छ । नदीमा पानीको बहाव ८ दशमलव ४ मि पुगेमा उच्च जोखिम मानिन्छ । पहाडी क्षेत्रमा लगातार वर्षा हँुदा नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको हो । जिल्लामा हुन सक्ने अप्रिय घटनालाई ध्यानमा राखी राहत र उद्धारलाई तयारी अवस्थामा राखिएको प्रजिअ रानाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...