राहतको काम तत्काल शुरु गर एमाले



हाम्रो इकोनोमि

काठमाडौँ । नेकपा एमालेले भीषण वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न भागमा उत्पन्न मानवीय र भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब प्रभावकारी उद्धार र राहतको काम सञ्चालन सरकारसँग माग गरेको छ ।

एमालेका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरी संकटको यस घडीमा बाढी पहिरोपीडितको उद्धार तथा राहतको काममा स्वयंसेवकका रुपमा तत्काल खटिन पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ ।

एमालेले कोशी नदीमा पानीको प्रवाह खतराको संकेतभन्दा माथि आइसकेको सन्दर्भमा नेपाली भूभागमा डुबान हुन नदिन बाँधका ढोका खोल्न र सीमा क्षेत्रमा एकतर्फी ढंगले बाँधिएका बाँधका कारण तराईका विभिन्न भूभागमा वर्षेनी हुने ठूलो क्षतिको दीर्घकालीन समाधान खोज्न कूटनीतिक पहल गर्न पनि माग गरेको छ ।

बाढी पहिरोबाट ३० जनाभन्दा बढीको ज्यान गएको छ भने १० जनाभन्दा बढी बेपत्ता, हजारौँ व्यक्ति विस्थापित हुनाका साथै सयौँ घर डुबानमा परेका छन् । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, दाङ, बाँके, बर्दियालगायत तराईका अधिकांश जिल्लाका विभिन्न बस्ती डुबानमा परेका छन् ।

पहाडका धेरै जिल्लामा पहिरोले थुप्रैको ज्यान लिनाका साथै कैयौँ बस्तीलाई जोखिममा पु¥याएको छ । तराईका अधिकांश नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । पूर्व–पश्चिम राजमार्ग, मुग्लिन–नारायणघाट सडकलगायत धेरै राजमार्ग र सडकमा पहिरोका कारण आवागमन बन्द छ ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...