मधेशका मसिहा तराई डुब्दा काठमाडौँमा उप्परखुट्टी लगाउने,को-को थिए दुताबासमा रक्सी खान धाउने



हाम्रो इकोनोमि

अविरल वर्षाका कारण आएको बाढीले तराई जलमग्न छ। शुक्रबार राति अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरि बबण्डर मच्चाएको छ । पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा २३ जनाको मृत्यु भएको छ । दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ । अझ कति बेपत्ता छन त्यसको हिसाब किताब छैन। मधेशका झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जलमग्न छन् । धनुषा महोत्तरीको पनि उही हालत छ । मधेशका मसिहा ठान्नेहरु भने राजधानीमा उपर खुट्टी लगाएर सुस्ताई रहेका छन् । उनीहरुलाई मधेश डुब्दा कुनै चिन्ता छैन ।

 

मधेशलाई आफ्नो पेवा ठान्ने राजपा नेपालका नेताको तरिका हेर्दा उनीहरुले मधेश लाई कति माया गर्छन भन्ने छर्लंग हुन्छ। बाढीले आक्रान्त बनेको सर्लाहीका राजपा नेपालका अध्यक्षहरु महन्थ ठाकुर,राजेन्द्र महतो र महेन्द्र यादबलाई कुनै चासो र चिन्ता छैन। सर्लाहीमा बाढीले उखपात मच्चाउदा ठाकुर भक्तपुरमा महतो सिनामंगलमा र यादब टिकाथालीमा झोक्राएर बसेका छन।रौतहटका अर्का अध्यक्ष अनिल झा रानीबारीमा रमाइलो गरिरहेका छन भने महोत्तरीका सरद सिङ्ग भण्डारी भैसेपाटीमा निर्जला राउत संग मस्त गफिरहेका छन।

सप्तरी घर भएका राजकिशोर यादब गौरीघाटमा कान्छी साम्सद सरिता संग अंगालोमा बेरिएका छन्। मधेशका मसिहा ठान्ने नेता हरुलाई मधेश डुब्दाको चिन्ता अलिकति पनि छैन। बरु भारतीय दुताबासले आयोजना गरेको रात्रीभोजमा पिएको दारुको ह्याङ्गले गर्दा सिरक ओडेर आनन्द लिइरहेका छन्। राजपा नेपालका महासचिब मनिष सुमन र केशब झा सप्तरीका हुन् यी दुइ भाइ लाई पनि जन्मभुमी डुब्दा दुखेको छैन। मधेश देखाएर तर्साउने बानी परेका हरु त्यहि मधेशलाई दुख्दा भने काठमाडौँमा मोज गरेका बसेका छन। दुताबासमा रक्सी खान लाम लागेर पुग्न सक्नेले मधेश डुब्दा नदेखे झैँ गर्नुले उनी हरुको मधेश प्रतीको माया कति छ भन्ने प्रस्ट देखिएको छ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...