सरकारी सूचना राष्ट्रिय पोर्टलमा



हाम्रो इकोनोमि

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले सरकारी कार्यालय तथा संवैधानिक निकायका सेवा तथा सूचनालाई राष्ट्रिय पोर्टलमा व्यवस्थित गर्न शुरु गरेको छ ।

मुलुकमा विभिन्न सरकारी मन्त्रालयबाट भए गरेका कार्य तथा सर्वसाधारणलाई सम्बन्धित कार्यालयका सूचना राष्ट्रिय पोर्टलमा अभिलेख गरिएको छ । इन्टरप्राइजेज सोलुसन कम्पनीले विकास गरेको सफ्ट्वेयरमार्फत केन्द्रले धधध।लभउब।िनयख।लउ नामक वेबसाइट सञ्चालनमा ल्याएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेलो सरकार, आन्तरिक राजश्व विभाग, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नेपाल राष्ट्र बैंक वैदेशिक विनिमय विभाग र सार्वजनिक खरिद अनुगमन कार्यालय र लोकसेवा आयोगका सूचना, नगरपालिकाका नक्सा, निजामती किताबखानाका कर्मचारी सम्पत्ति विवरणलगायत सेवा तथा सूचना उक्त पोर्टलमा समावेश गरिएको छ । राष्ट्रिय समाचार समितिले यही साउन १ गतेदेखि प्रकाशनमा ल्याएका बुलेटिनसमेत पोर्टलमा राखिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सञ्जय शर्माले पोर्टलको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक लगानी वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विभिन्न मन्त्रालय, सरकारी कार्यालय तथा संवैधानिक निकायका प्राविधिकलाई राष्ट्रिय पोर्टल सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक सीप र ज्ञानका बारे प्रशिक्षक कृष्ण पाण्डे र वासुदेव राउतले जानकारी गराउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक प्रणिता उपाध्याय, सूचना तथा सञ्चार मन्त्रालयका इ मनिष मल्लिकलगायतले समयसापेक्ष सूचना अद्यावधिक गरी सेवाग्राहीलाई उपलब्ध गराउन सकेमा सुशासनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । केन्द्रका उपनिर्देशक सुनिल पौडेलले सो विषयलाई राम्रोसँग बुझाउन सहयोगी कक्ष सञ्चालन गरिने जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

बागबजार र ववरमहलमा बक्स कल्भर्ट निर्माण हुने

    काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा...