कार्यकारी अधिकृतलाई कुटपिट गरेको आरोपमा एक पक्राउ



हाम्रो इकोनोमि

महेन्द्रनगर । जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई कुटपिट गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय शतिष झा रहेका छन् । जनकपुर उपमहानगरपालिकाका कर्मचारीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको र उनीमाथि सार्वजनिक अपराधको मुद्दा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गत साउन १७ गते एसियाली विकास बैंकको सहयोगमा सञ्चालित आयोजनाको सहरी विकासमन्त्री प्रभु साह निरीक्षण गर्न आएका बेला जनकपुरको मुरलीचोकमा मन्त्रीकै सामुन्ने स्थानीयले उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुवेदीमाथि हातपात गरेका थिए ।

मन्त्री साहले एडिबी परियोजना, विद्युत्, टेलिकम, खानेपानी तथा उपमहानगरपालिकाका कर्मचारीलाई निर्देशन दिइरहेको बेला कार्यकारी प्रमुख सुवेदी आफ्नो गाडीमै बसेर मोबाइल चलाई मन्त्रीको निर्देशनलाई अवज्ञा गरेको भन्दै स्थानीय शतिष झा लगायतले उहाँलाई कुटपिट गरेको बताइएको छ ।

वर्षात्को बेलामा सडकलाई जथाभावी खनेर राख्दा सर्वसाधारणले सास्ती पाएको र जनकपुर उपमहानगरपालिका लापर्बाही भएको भन्दै आक्रोशित स्थानीयबासिन्दाले कार्यकारी अधिकृत सुवेदीमाथि हातपात गरेका थिए ।

कार्यकारी अधिकृतमाथि हातपात गर्ने दोषीमाथि कार्बाहीको माग गर्दै जनकपुर उपमहानगरपालिकाका कर्मचारीले कार्यालयको कामकारवाही ठप्प गरी आन्दोलमा उत्रेका छन् ।

पक्राउ परेका झाको रिहाईको माग गर्दै जनकपुर मुरलीचोकका स्थानीयले सडक जाम गर्दै आन्दोलनमा उत्रेका छन् ।
झा तत्काल रिहाइ, सडक सुधार र लापर्बाही गर्ने कार्यकारी अधिकृतलाई कारबाहीको माग गर्दै आज बिहानदेखि स्थानीयले सडक अवरुद्ध गरेर टायर बाल्दै प्रदर्शनमा उत्रेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...