बैंकका कर्मचारी पक्राउ



हाम्रो इकोनोमि

गौशाला । नक्कली चेक प्रयोग गरी सेवाग्राहीका रु ४० लाख निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंकका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राबा बैंक बर्दिवासका वरिष्ठ सहायकद्वय बर्दिवास नपा– ८ का ४८ वर्षीय जगदिश काफ्ले र काभ्रेपलाञ्चोक धुलिखेल नपा– ११ का ३५ वर्षीय अम्बिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताउनुभयो ।

पक्राउ परेका दुबै जनाले महोत्तरी साँढा– २ घर भई हाल नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत इञ्जिनियर श्रीप्रकाश नारायण सिंहको नाउँमा उक्त बैंकमा रहेका बचत खाता नम्बर ८०३९४ बाट नक्कली चेक प्रयोग गरी रु २० लाख झिकेर हिनामिना गरेका छन् ।

त्यस्तै नक्कली चेककै प्रयोग गरी सर्लाही लालबन्दीस्थित राबा बैंकबाट रु पाँच लाख तथा सिरहा मिर्चैयास्थित राबा बैंकबाट पनि रु १५ लाख निकालिएको आरोपमा दुबै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

उनीहरुले बदनियतपूर्वक आफ्नो खाताबाट रकम झिकेको भन्दै इञ्जिनियर सिंहले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएपछि प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो ।

पक्राऊ परेका दुबै जनाले आफूसहित यस कार्यमा अन्य पाँचजना कर्मचारी पनि संलग्न रहेको बयान दिएका छन् ।

उनीहरु माथि बैकिङ्ग कसुर मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको तथा थप दोषी कर्मचारीलाई पनि पक्राउ गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...