भारतीय दुताबासको रात्रिभोज,ओली र प्रचण्डले किन नगर्ने भए मोज?



हाम्रो इकोनोमि

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा भारतीय दूतावासले आयोजना गर्ने रात्रि भोजमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित हुने भएका छन् ।

भारत् सरकारकी विदेशमन्त्री स्वराज बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउने भएपछि भारतीय राजदूत मञ्जिव सिंहले एक साताअघि ओली र दाहाललाई निम्तो दिएका थिए । ओली निवास बालकोट र प्रचण्ड निवास लाजिम्पाट पुगेर राजदूत सिंहले निम्तो दिएपनि दुवै नेता सहभागि नहुँने भएका छन् ।

आजै साँझ दूतावासले स्वराजको सम्मानका खातिर रात्रि भोज राखेको छ । भोजमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, दलका नेताहरुलाई बोलाइएको छ । तर एमाले र माओवादीको दुई प्रमुख नेता भने अनुपस्थित रहने भएका छन् ।

ओली आज पोखरा हुँदै मुस्ताङ जाने तयारीमा छन् । मुस्ताङमा तीन दिन बस्ने उनको योजना रहेको छ । उता दाहाल पनि आजै राजधानी बाहिर जान लागेको श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...