भारतीय दुताबासको रात्रिभोज,ओली र प्रचण्डले किन नगर्ने भए मोज?



हाम्रो इकोनोमि

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा भारतीय दूतावासले आयोजना गर्ने रात्रि भोजमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित हुने भएका छन् ।

भारत् सरकारकी विदेशमन्त्री स्वराज बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउने भएपछि भारतीय राजदूत मञ्जिव सिंहले एक साताअघि ओली र दाहाललाई निम्तो दिएका थिए । ओली निवास बालकोट र प्रचण्ड निवास लाजिम्पाट पुगेर राजदूत सिंहले निम्तो दिएपनि दुवै नेता सहभागि नहुँने भएका छन् ।

आजै साँझ दूतावासले स्वराजको सम्मानका खातिर रात्रि भोज राखेको छ । भोजमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, दलका नेताहरुलाई बोलाइएको छ । तर एमाले र माओवादीको दुई प्रमुख नेता भने अनुपस्थित रहने भएका छन् ।

ओली आज पोखरा हुँदै मुस्ताङ जाने तयारीमा छन् । मुस्ताङमा तीन दिन बस्ने उनको योजना रहेको छ । उता दाहाल पनि आजै राजधानी बाहिर जान लागेको श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...