नक्कली हस्ताक्षर गरेर पार्टी फुटाए : अध्यक्ष थापा



हाम्रो इकोनोमि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटकमा हुनुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले माघ ७ गतेभित्र दुवै निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले एकै चरणमा गर्नुपर्ने बताउनुभएको हो । “पुस माघमा मौसमका कारण निर्वाचन सम्भव छैन त्यसैले मंसिरमा दुवै तहको निर्वाचन गर्नु उपयुक्त हुन्छ”, अध्यक्ष थापाले भन्नुभयो ।

उहाँले मधेसी दलको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै सरकारले राप्रपालाई मन्त्री दिने आश्वासन देखाएर पार्टी विभाजन गरेको आरोप लगाउनुभयो । “संविधान संशोधन विधेयक संसद्मा पास हुने अवस्था भए पनि सरकारले यसमा पहल गरेन”, उहाँले भन्नुभयो ।

अध्यक्ष थापाले पशुपतिशम्शेर राणाले नक्कली हस्ताक्षरको प्रयोग गरेर पार्टी विभाजन गरेको आरोप लगाउनुभयो । राप्रपाको विधानमा १६५ केन्द्रीय सदस्य रहने प्रावधान रहेको र पार्टी विभाजनका लागि ६७ केन्द्रीय सदस्य चाहिनेमा केही केन्द्रीय सदस्यको नक्कली हस्ताक्षर गरेर ६४ जना पु¥याएको उहाँको भनाइ छ ।

उहाँले पार्टी विभाजनले लाखौँ राष्ट्रवादी जनतालाई चोट पुगेको भन्दै विगतमा भएका कमी कमजोरीलाई सच्याएर अगाडि बढ्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...