नक्कली हस्ताक्षर गरेर पार्टी फुटाए : अध्यक्ष थापा



हाम्रो इकोनोमि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटकमा हुनुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले माघ ७ गतेभित्र दुवै निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले एकै चरणमा गर्नुपर्ने बताउनुभएको हो । “पुस माघमा मौसमका कारण निर्वाचन सम्भव छैन त्यसैले मंसिरमा दुवै तहको निर्वाचन गर्नु उपयुक्त हुन्छ”, अध्यक्ष थापाले भन्नुभयो ।

उहाँले मधेसी दलको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै सरकारले राप्रपालाई मन्त्री दिने आश्वासन देखाएर पार्टी विभाजन गरेको आरोप लगाउनुभयो । “संविधान संशोधन विधेयक संसद्मा पास हुने अवस्था भए पनि सरकारले यसमा पहल गरेन”, उहाँले भन्नुभयो ।

अध्यक्ष थापाले पशुपतिशम्शेर राणाले नक्कली हस्ताक्षरको प्रयोग गरेर पार्टी विभाजन गरेको आरोप लगाउनुभयो । राप्रपाको विधानमा १६५ केन्द्रीय सदस्य रहने प्रावधान रहेको र पार्टी विभाजनका लागि ६७ केन्द्रीय सदस्य चाहिनेमा केही केन्द्रीय सदस्यको नक्कली हस्ताक्षर गरेर ६४ जना पु¥याएको उहाँको भनाइ छ ।

उहाँले पार्टी विभाजनले लाखौँ राष्ट्रवादी जनतालाई चोट पुगेको भन्दै विगतमा भएका कमी कमजोरीलाई सच्याएर अगाडि बढ्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...