पावरमा छँदा किर्ना झैँ टासिएकाले आज बाबुराम भट्टराई संग डिभोर्स गर्दै,बिरामी बाबुरामलाई क-कस्ले हाने लात?



हाम्रो इकोनोमि

जस्तो सुकै संकटका बेला पनि बाबुराम भट्टराईलाई साथ दिदै आएका देवेन्द्र पौडेलसहितका केही नेताहरुले आजै देखि भट्टराईको साथ बाट छुट्टिने भएका छन । स्रोतका अनुसार नयाँ शक्तिमा बाबुरामका ‘दाहिने हात’ देवेन्द्र पौडेलसहितका केही नेताहरुले आजै दिउँसो  पत्रकार सम्मेलन गरेर पाटी परित्याग गर्दैछन् । पौडेलको नेतृत्वमा कुमार पौडेल, महेन्द्र पासवान, वामदेव क्षेत्री लगायतका केन्द्रीय नेताहरुले आज पार्टी छोड्न लागेका हुन् । यता पौडेलसहितका नेताहरुको माओवादी केन्द्रका अध्यक्षसँग निरन्तर वार्ता चलिरहेको छ ।उद्देश्यअनुसार पार्टी अगाडि बढ्न नसकेको, प्रत्यक्ष कार्यकारी एजेण्डा माओवादी केन्द्रले आत्मसात गरेको र नयाँ शक्तिको आर्थिक समृद्धिलाई प्राथमिकता दिएका कारण नयाँ शक्तिको ठूलै समूह माओवादी केन्द्रमा फर्किन लागेको स्रोतले बतायो ।

नयाँ शक्तिका एक नेताका अनुसार केन्द्रीय कार्यकारी समिति विघठन गरेपछि असन्तुष्टि बढेको, फोरमसँगको एकता भाँडिएपछि चुनावमा कसरी जाने भन्ने विषयमा पार्टीभित्र चर्काे विवाद भएको, नयाँशक्तिले चुनाव चिन्ह पनि नपाएको अवस्था र फोरमसँगको एकता भाँडिएपछि पौडेलसहितका केही नेता पुनः माओवादी केन्द्रमा नै फर्कने निष्कर्षमा पुगेका हुन् । यो संगै भट्टराईको पार्टी बिघटनको संघारमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...