प्रदेश नं २ को निर्वाचनमा एमालेका केन्द्रीय नेता परिचालन



हाम्रो इकोनोमि

काठमाडौँ  । नेकपा (एमाले) ले प्रदेश नं २ का लागि हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि पार्टीका केन्द्रीय नेताहरुलाई परिचालन गरेको छ ।

एमालेका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय सचिवालयको बैठकले प्रदेश नं २ का आठवटै जिल्लाको स्थानीय तहको निर्वाचनको तयारीका सन्दर्भमा भएका कामको समीक्षा गर्दै अहिलेसम्मको परिचालन उत्साहजनक भएको ठहर गरेको छ ।

पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिअनुसार ती जिल्लामा एमालेमा प्रवेशको माहोल सिर्जना भएको र भेला, बैठक, छलफल, अन्तक्र्रियालगायत गतिविधि तीव्र ढङ्गले अगाडि बढिरहेको जनाइएको छ । आगामी असोज २ गते सो प्रदेशमा स्थानीय निर्वाचन हुँदैछ ।

बैठकले पार्टीका केन्द्रीय नेताहरु, सांसदहरु, अन्य प्रदेशमा जितेका स्थानीय जनप्रतिनिधि, मोर्चा संगठनका नेतालगायतलाई प्रदेश नं २ को निर्वाचनमा सहयोग गर्न ठोस जिम्मेवारीसहित खटाउने निर्णय गरेको छ । ‘प्रदेश नं २ का सबै पार्टी कमिटी, जनसंगठन, पार्टी कार्यकर्ता र सदस्यहरुलाई उच्च मनोबल र आत्मविश्वासका साथ निर्वाचनको तयारीमा जुट्न र पार्टीलाई बहुमतसहित पहिलो पार्टीका रुपमा स्थापित गर्न दृढताका साथ अघि बढ्न बैठकले निर्देशन गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...