गुण्डालाई सफाया गर्न निर्देशन दिदै गृहमन्त्री शर्माले भने-मेरै पार्टीका भए पनि नछोड्नु,अन्यथा ठिक हुने छैन



हाम्रो इकोनोमि

उर्जा मन्त्री हुदा उल्कापात गरेर चर्चा कमाएका जनार्दन शर्माले गृहमन्त्री बने पछी पनि त्यस्तै लोभ लाग्दा काम गरेर चर्चा कमाईरहेका छन।उनले आजै मात्र पनि त्यस्तै निर्देशन दिएर आम नेपालीको मुटुमा बास बस्ने काम गरेका छन।

गृहमन्त्री शर्माले हालै सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटिई जान लागेका प्रहरी उपरीक्षकहरुलाई गुण्डागर्दी नियन्त्रणमा संझौता नगर्न निर्देशन दिएका छन । आज गृह मन्त्रालयमा अयोजित कार्यक्रममा प्रहरी उपरिक्षकहरुलाई निर्देशन दिँदै मन्त्री शर्माले भने , ‘गुण्डागर्दीका कारण सेवा प्रवाहमा समस्या सिर्जना भयो भने मान्य हुने छैन, गुण्डागर्दी नियन्त्रण गर्न आवश्यक उपाय अवलम्बन गर्नुस् ।तपाई हरुलाई मेरो पूर्ण समर्थन छ ’

उनले निर्देशन दिदै थपे ‘मेरो पार्टीका मान्छेले गुण्डाको संरक्षण गरेमा मलाई मान्य हुनेछैन’ उनले अझै आक्रामक हुदै भने – ‘ ‘विभिन्न श्रेणीका गुण्डाहरु जसले प्रहरी अफिसरको टेवुलमा खुट्टा पसार्ने हर्कत गर्छन, तीनलाई कसरी तह लगाउने त्यो तपाईको हातमा छ । त्यो गर्न नसके म कदम चल्न बाध्य हुनेछु’। निर्दिशन दिदै शर्माले भने -‘नाकाहरुमा लाईन र सेटिङ छन् रे, त्यो बन्द हुनुपर्छ’ मन्त्री शर्माले भने , ‘सेटिङमा प्रहरीको मिलेमतो हुनेगरेको आरोप छ, त्यसलाई तपाईहरुले व्यवहारबाट खण्डन गर्नुपर्छ ।’

‘जिल्लाहरुमा गिट्टी, ढुंगा र काठको अवैध ब्यापार बन्द हुनुपर्छ’ मन्त्री शर्माले भने , ‘जनतासँगको सहाकार्य प्रधान कुरा हो, सहकार्य गर्न सक्नुपर्छ ।’
प्रहरी जवानको मनोवल उच्च राख्न शौचालय, ब्यारेक र मेशको अवस्थामा सुधार गर्न निर्देशन दिँदै मन्त्री शर्माले भने , ‘तपाईहरुले हप्तामा एक पटक जवानहरुसँग भेटेर गुनासो सुन्नुपर्छ ।’कुनै पनी दलप्रती लचक नहुन आग्रह गर्दै मन्त्री शर्माल संविधान विरोधी तत्वलाई छुट नदिन निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...