चेपाङ बालबालिकाका लागि भवन निर्माण



हाम्रो इकोनोमि

चितवन । चितवनको रत्ननगरमा बस्दै आएका चेपाङ बालबालिकाका लागि पोर्चुगलका स्वयंसेवकले आफ्नै श्रम र लगानीमा भवन निर्माण गरिदिएका छन् ।

गामबेँसी चेपाङ संरक्षण केन्द्रमा झण्डै रु पाँच लाखको लगानीमा १५ दिनको अन्तरालमै उनीहरुले भवन निर्माण गरी मंगलबार हस्तान्तरण गरेका हुन् ।

सोन्हार पोर्चुगलका स्वयंसेवी समूहले यसरी भवन निर्माण गरी हस्तान्तरण गरेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै स्वयंसेवक आना फेरारियाले विपन्न र शिक्षाबाट वञ्चित हुँदै आएका बालबालिकालाई ल्याएर पठनपाठन गर्न लागिएको जानकारी पाएपछि आफूमा सहयोग गर्ने उत्प्रेरणा जागेको बताउनुभयो ।

पोर्चुगलमा गएर उहाँले आर्थिक जोहो गरी आफ्नै पहलमा ९ जना स्वयंसेवक ल्याएर काम गर्नुभएको हो । भवन बनेपछि चेपाङ बालबालिकालाई बस्न र कार्यालय सञ्चालनमा समेत सहयोग पुगेको केन्द्रले जनाएको छ ।

चेपाङ बालबालिकाको जीवनस्तर उकास्न र उनीहरुलाई शिक्षा दिलाउन वर्षाँैदेखि विदेशी दाता र विदेशमा बस्ने नेपालीलाई प्रेरणा दिँदै आउनुभएका होटल पार्क साइड सौराहाका सञ्चालक शीरलाल परियारलाई गामबेँसी चेपाङ संरक्षण केन्द्रले आजै सम्मान ग¥यो ।

आफ्नै श्रम र लगानीमा छोटो समयमै भवन निर्माण गरेर हस्तान्तरण गरी महत्वपूर्ण सहयोग गरेको भन्दै आनालाई समेत यहाँ सम्मान गरिएको थियो ।

यस्तै, चेपाङ बालबालिकालाई सहयोग गरेकामा वृद्धा विष्णुमाया पौडेल र खगेन्द्र चौधरीलाई समेत सम्मान गरिएको थियो ।

चेपाङ बालबालिकालाई सहयोग

यसैबीच, मंगलबार नै चितवन घर भई इजरायलमा बस्ने निर्मला पौडेलले यहाँ रहेका चेपाङ बालबालिकालाई भोजन सेवासँगै लत्ताकपडा र आर्थिक सहयोग गर्नुभएको छ ।

उहाँले आज केन्द्रमै आएर लत्ताकपडासहित रु ३४ हजार सहयोग गर्नुभएको हो । पौडेलले आगामी दिनमा समेत सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यहाँ १४० चेपाङ बालबालिका आश्रय लिएर बसेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...