व्यङ्ग्य विधा छाडा भयो भन्दै कुन-कुन कलाकारले ककसलाई सरापे?



हाम्रो इकोनोमि

गाइजात्राको अवसर पारेर रिपोर्टस क्लब नेपालले हास्यव्यङ्ग्य कलाकारहरुसँग साक्षात्कार कार्यक्रम गरेको छ । मंगलबार विहान क्लबको केन्द्रिय कार्यालय काठमाण्डौको भृकुटमण्डपमा चर्चित कलाकारहरुको जमघट भएको थियो । कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेलले पछिल्लो राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयवस्तुको चर्चा गरे ।

गजुरेलले पछिल्ला वर्षहरुमा गाईजात्रामा प्रस्तुत गरिने शैली छाडा हुन थालेकोमा चिन्ता व्यक्त गर्दै जसलाई जे पायो त्यही भनेर गाईजात्राको नाममा विकृति भित्र्याइएको आरोप लगाए । गाईजात्राको पुरानो संस्कृति र परम्परा हट्दै जानु र छाडा व्यङ्ग्यले प्रश्रय पाउनु दुखद भएको भन्दै गजुरेलले त्यस्ता प्रवृत्ति रोक्नुपर्ने बताए ।

कार्यक्रममा गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराजा ज्ञानेन्द्र शाह र केपी शर्मा ओलीको क्यारिकेचर गरेर मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा सहभागि लोकगायक कमलीकान्त भेटवालले प्यारोडि गित मार्फत समसामयिक समस्यालाई उठान गरे । भेटवालले झम्के गुलेली भाकामार्फत राजधानीको खाल्डा, प्रदुषण, अपहरणका घटना लगायत नेताहरुको गलत प्रवृत्तिको व्यङ्ग्य गरे । उनले नेपाली कालाकारले साधनाबिना नै पैसा र रहरको भरमा गुणस्तरहिन सृजना गर्ने गरेको आरोप समेत लगाए ।

यस्तै नवकलाकार नविन दाहालले नेपाली नेताहरुले काम नै नगरी देशको ढुकुकी रित्याएको विषयलाई व्यङ्ग्य गरे । उनले नेताहरु रामचन्द्र पौडेल, केपी शर्मा ओली, बाबुराम भट्टराई, चित्रबहादुर केसी लगायतको व्यङ्ग्यात्मक क्यारिकेचर गरेका थिए ।

चलचित्र निर्माता तथा हास्य कलाकार दिपकराज गिरीले अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई भूमिका हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
गिरीले पछिल्लो समय आफ्नो पुस्ताले नयाँ शैलीको प्रस्तुति दिन नसकेको स्विकार गर्दै गिरीले सबै पुराना कलाकारले यो विषयमा सोच्नुपर्ने बेला आएको बताए ।

०४६ साल पछिका वर्षमा प्रहसन हुने गाईजात्रा निरस बन्दै गईरहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत मुख्य दलका नेताको बारेमा व्यङ्ग्यात्मक प्रस्तुति समेत दिए ।
गिरीको तर्कप्रति सहमत हुँदै वरिष्ठ कलाकार किरण केसीले पनि कलाकारितालाई पुस्तान्तरण गर्नुपर्ने बताएका छन् । गाइजात्रा विशेष साक्षात्करमा सहभागि केसीले आफ्नो पुस्ताले झण्डै तीन दशक हास्यव्यङ्ग्य विधाको नेतृत्व गरेको उल्लेख गर्दै अब या विधालाई अझ राम्रो बनाउनका लागि नयँ पुस्ता अघि सर्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...