व्यङ्ग्य विधा छाडा भयो भन्दै कुन-कुन कलाकारले ककसलाई सरापे?



हाम्रो इकोनोमि

गाइजात्राको अवसर पारेर रिपोर्टस क्लब नेपालले हास्यव्यङ्ग्य कलाकारहरुसँग साक्षात्कार कार्यक्रम गरेको छ । मंगलबार विहान क्लबको केन्द्रिय कार्यालय काठमाण्डौको भृकुटमण्डपमा चर्चित कलाकारहरुको जमघट भएको थियो । कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेलले पछिल्लो राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयवस्तुको चर्चा गरे ।

गजुरेलले पछिल्ला वर्षहरुमा गाईजात्रामा प्रस्तुत गरिने शैली छाडा हुन थालेकोमा चिन्ता व्यक्त गर्दै जसलाई जे पायो त्यही भनेर गाईजात्राको नाममा विकृति भित्र्याइएको आरोप लगाए । गाईजात्राको पुरानो संस्कृति र परम्परा हट्दै जानु र छाडा व्यङ्ग्यले प्रश्रय पाउनु दुखद भएको भन्दै गजुरेलले त्यस्ता प्रवृत्ति रोक्नुपर्ने बताए ।

कार्यक्रममा गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराजा ज्ञानेन्द्र शाह र केपी शर्मा ओलीको क्यारिकेचर गरेर मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा सहभागि लोकगायक कमलीकान्त भेटवालले प्यारोडि गित मार्फत समसामयिक समस्यालाई उठान गरे । भेटवालले झम्के गुलेली भाकामार्फत राजधानीको खाल्डा, प्रदुषण, अपहरणका घटना लगायत नेताहरुको गलत प्रवृत्तिको व्यङ्ग्य गरे । उनले नेपाली कालाकारले साधनाबिना नै पैसा र रहरको भरमा गुणस्तरहिन सृजना गर्ने गरेको आरोप समेत लगाए ।

यस्तै नवकलाकार नविन दाहालले नेपाली नेताहरुले काम नै नगरी देशको ढुकुकी रित्याएको विषयलाई व्यङ्ग्य गरे । उनले नेताहरु रामचन्द्र पौडेल, केपी शर्मा ओली, बाबुराम भट्टराई, चित्रबहादुर केसी लगायतको व्यङ्ग्यात्मक क्यारिकेचर गरेका थिए ।

चलचित्र निर्माता तथा हास्य कलाकार दिपकराज गिरीले अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई भूमिका हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
गिरीले पछिल्लो समय आफ्नो पुस्ताले नयाँ शैलीको प्रस्तुति दिन नसकेको स्विकार गर्दै गिरीले सबै पुराना कलाकारले यो विषयमा सोच्नुपर्ने बेला आएको बताए ।

०४६ साल पछिका वर्षमा प्रहसन हुने गाईजात्रा निरस बन्दै गईरहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत मुख्य दलका नेताको बारेमा व्यङ्ग्यात्मक प्रस्तुति समेत दिए ।
गिरीको तर्कप्रति सहमत हुँदै वरिष्ठ कलाकार किरण केसीले पनि कलाकारितालाई पुस्तान्तरण गर्नुपर्ने बताएका छन् । गाइजात्रा विशेष साक्षात्करमा सहभागि केसीले आफ्नो पुस्ताले झण्डै तीन दशक हास्यव्यङ्ग्य विधाको नेतृत्व गरेको उल्लेख गर्दै अब या विधालाई अझ राम्रो बनाउनका लागि नयँ पुस्ता अघि सर्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...