राप्रपा छाड्दै रेखा



हाम्रो इकोनोमि

काठमाडौँ । राप्रपा फुटेर अहिले दुई पार्टीमा विभाजित भएको छ । यस्तो अवस्थामा केही पशुपति शमसेर राणाले खोलेको दलतिर लाग्दैछन् भने काही कमल थापा नेतृत्वको राप्रपामा बस्ने निर्णय गरेका छन् । कोही भने दुबै पार्टीमा नरहने निर्ण गरेका छन् ।

पार्टी एकता भएसँगै हौसिएर राप्रपा प्रवेश गरेकी अभिनेत्रीदेखि अन्य व्यवसायी समेत अहिले राप्रपा छाड्ने मुडमा पुगेको खबर छ । राप्रपा कमजोर बनेसँगै अभिनेत्री रेखा थापाले पार्टी छाड्ने मुड बनाएकी छिन् । एकतापिछ राप्रपा बलियो भएको देखेर त्यसमा लागेकी उनी हाल पार्टी छाड्ने मुडमा पुगेकी स्रोतले बतायो ।

उनलार्इ पशुपति शमसेर राणाले समेत पार्टी फुटाउने क्रममा आफुसँग लिएर जान लागेका थिए । तर रेखाले त्यसरी पार्टी फुटाउन नहुनेमा जोड दिँदै आफु नजाने प्रष्ट पारेपछि उनी अहिले कमल थापा नेतृत्वको राप्रपामै छिन् ।

राणाले पार्टी फुटाउने विषयमा छलफल चल्दै गर्दा गायिका कोमल वली र थापाबीचमा अब के गर्ने भन्ने विषयमा समेत कुराकानी भएको थियो । थापाले पार्टी कमजोर हुँदै गएपछि त्यसमा बसिरहनुको अर्थ नभएको बताएकी छिन् । यद्यपी उनी कुनै निर्णयमा भने पुगेकी छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...