जिसस धादिङमा एमाले



हाम्रो इकोनोमि

धादिङ । जिल्ला समन्वय समितिको सोमबार भएको निर्वाचनमा नेकपा९एमाले०का उम्मेदवारको पूरै समूह विजयी भएको छ ।

छब्बीस मतदाता रहेको जिसस प्रमुखमा एमालेका जगन्नाथ नेपाल १७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस र नेकपा९माओवादी केन्द्र० गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका काँग्रेसका भक्त लामाले ८ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपप्रमुखमा एमालेका बिन्दा बरामु नेपाली १६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेस र माओवादी केन्द्र गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका माओवादी केन्द्रका ध्रुव सुवेदीले ९ मत प्राप्त गर्नुभयो । जिससका सदस्यमा एमालेकै कृष्ण अर्याल, खुनराज थापा, उर्मिला रेग्मी, कमलनारायण श्रेष्ठ, सान्नानी परियार, सावित्रा सुनार र उर्गेनवती तामाङ १६÷१६ मत प्राप्त गरी विजयी हुनुभयो ।

विजयी उम्मेदवारलाई आजै मुख्य निर्वाचन अधिकृत भरत लम्सालले शपथ गराउनुभयो । निर्वाचनपछि कार्यभार सम्हाल्दै जिससका प्रमुख जगन्नाथ नेपालले जिल्लाको विकास निर्माणलगायत कार्यमा स्थानीय सरकारलाई सहयोग पु¥याउने र विकासका निम्ति लागिपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...