भारतीय अभिनेता आमिर खानमा देखियो स्वाइन फ्लू



हाम्रो इकोनोमि

काठमाडौँ । अहिले विश्वभरी नै स्वाइन फ्लूले सताईरहेको छ । भारतीय अभिनेता आमिर खान र उनकी श्रीमति किरण राव यस रोगबाट ग्रसित भएका छन् । भारतको पूणेमा ‘जल संरक्षणसँग’ जोडिएको कार्यक्रममा आमिर खान सहभागी हुने पक्का थियो । तर, बिरामीका कारण उनी सहभागी हुन सकेनन् ।

आमिरले भिडियो मार्फत नै आफू बिरामी भएको जानकारी दिएका थिए । ‘आज मेरा लागि खुसीको दिन हो तर, म दुःखी छु । मलाई तपाइहरुसँग खुसी मनाउन मन थियो तर, सकिनँ ।’

आमिरले भनेका छन कि(‘एच वन एन वन भाइरस अर्थात स्वाइन फ्लुबाट ग्रसित भएकाले म र किरण बाहिर निस्कन सक्दैनौ । हामीले एक हप्ता घरमै आराम गर्नुपर्ने छ ।’उनले आफू कार्यक्रममा उपस्थित हुन नसकेपछि अर्का अभिनेता साहरुख खानलाई सहभागी भईदिन आग्रह गरेका थिए । जसअनुरुप साहरुख कार्यक्रममा उपस्थित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...