भारतीय अभिनेता आमिर खानमा देखियो स्वाइन फ्लू



हाम्रो इकोनोमि

काठमाडौँ । अहिले विश्वभरी नै स्वाइन फ्लूले सताईरहेको छ । भारतीय अभिनेता आमिर खान र उनकी श्रीमति किरण राव यस रोगबाट ग्रसित भएका छन् । भारतको पूणेमा ‘जल संरक्षणसँग’ जोडिएको कार्यक्रममा आमिर खान सहभागी हुने पक्का थियो । तर, बिरामीका कारण उनी सहभागी हुन सकेनन् ।

आमिरले भिडियो मार्फत नै आफू बिरामी भएको जानकारी दिएका थिए । ‘आज मेरा लागि खुसीको दिन हो तर, म दुःखी छु । मलाई तपाइहरुसँग खुसी मनाउन मन थियो तर, सकिनँ ।’

आमिरले भनेका छन कि(‘एच वन एन वन भाइरस अर्थात स्वाइन फ्लुबाट ग्रसित भएकाले म र किरण बाहिर निस्कन सक्दैनौ । हामीले एक हप्ता घरमै आराम गर्नुपर्ने छ ।’उनले आफू कार्यक्रममा उपस्थित हुन नसकेपछि अर्का अभिनेता साहरुख खानलाई सहभागी भईदिन आग्रह गरेका थिए । जसअनुरुप साहरुख कार्यक्रममा उपस्थित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...