खेलकुद मैदान निर्माणमा तीव्रता : मन्त्री केसी



हाम्रो इकोनोमि

पर्वत । युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले एक स्थानीय तह एक खेलकुद मैदान विस्तार गर्ने अभियानलाई तीव्रता दिएको बताउनुभएको छ ।

नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले खेल मैदानको अभावमा पछिल्लो समय युवा खेल क्षेत्रबाट पलायन हुने क्रम बढेको बताउँदै उहाँले खेल क्षेत्रको विकासका लागि सरकार दृढ रहेको बताउनुभयो ।

उहाँले प्रत्येक नगरपालिका र गाउँपालिकाले समेत युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा नीति कार्यक्रम बनाउन आफूले आग्रह गरेको बताउँदै यसबाट तल्लो तहमा रहेका खेलाडी र युवा लाभान्वित हुने बताउनुभयो ।

मन्त्री केसीले पर्वत जिल्लाका सबै तहमा एक÷एकवटा खेल मैदान विस्तारका लागि स्थानीय तहसँग सहकार्य गरेर आफूले बजेट विनियोजन गरिदिने आश्वासन समेत दिनुभयो ।

मन्त्री केसीले आगामी माघ ७ गतेभित्र दुईवटा चुनाव सम्पन्न गर्नुपर्ने अवस्था रहेको बताउँदै ती निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो दल बनाउन सबै कार्यकर्ता सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

मन्त्री केसीले लोकतन्त्रप्रतिको लडाइँ सकिएको बताउँदै अबको पालो भनेको आर्थिक समृद्धिको भएको बताउनुभयो । उहाँले एक अर्काबीच आरोप प्रत्यारोप र दोषारोपणभन्दा पनि आर्थिक विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने बेला आएको छ भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...