चुनाव हुन नदिने षड्यन्त्रलाई परास्त पार्छौ : नेता खनाल



हाम्रो इकोनोमि

झापा  । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन हुन नदिन विभिन्न किसिमको षड्यन्त्र भइरहेको बताउँदै नेता खनालले त्यस्तो षड्यन्त्र सफल हुन नदिने बताउनुभएको छ । मुलुक अहिले निर्वाचन वर्षको रुपमा अघि बढिरहेको जनाउदै प्रदेश नं. २ को निर्वाचनमा नेकपा एमाले पहिलो पार्टीकै रुपमा स्थापित हुने बताउनुभयो ।

झापाको बिर्तामोडमा सोमबार पत्रकार भेटघाटमा बोल्दै नेता खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताउनुभयो । दुई नम्बर प्रदेशमा तेस्रो चरणमा हुने निर्वाचनमा पनि एमालेको पक्षमा जनलहर बढ्दै गएको बताउँदै नेता खनालले त्यहाँ पनि एमाले पहिलो शक्ति बन्ने र अब एमालेको विजयी यात्रालाई कसैले छेक्न नसक्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले कसैले पनि निर्वाचनलाई रोक्नसक्ने अवस्था नरहेको बताउनुभयो । सरकारले प्रदेश र संघको निर्वाचनको मिति तोक्न ढिलाइ गरेको भन्दै त्यसप्रति एमालेको आपत्ति रहेको जनाउदै निर्वाचन हुन नदिन विभिन्न किसिमको षड्यन्त्र भइरहेको बताउँदै नेता खनालले त्यस्तो षड्यन्त्र सफल हुन नदिने प्रष्ट पार्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...