चुनाव हुन नदिने षड्यन्त्रलाई परास्त पार्छौ : नेता खनाल



हाम्रो इकोनोमि

झापा  । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन हुन नदिन विभिन्न किसिमको षड्यन्त्र भइरहेको बताउँदै नेता खनालले त्यस्तो षड्यन्त्र सफल हुन नदिने बताउनुभएको छ । मुलुक अहिले निर्वाचन वर्षको रुपमा अघि बढिरहेको जनाउदै प्रदेश नं. २ को निर्वाचनमा नेकपा एमाले पहिलो पार्टीकै रुपमा स्थापित हुने बताउनुभयो ।

झापाको बिर्तामोडमा सोमबार पत्रकार भेटघाटमा बोल्दै नेता खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताउनुभयो । दुई नम्बर प्रदेशमा तेस्रो चरणमा हुने निर्वाचनमा पनि एमालेको पक्षमा जनलहर बढ्दै गएको बताउँदै नेता खनालले त्यहाँ पनि एमाले पहिलो शक्ति बन्ने र अब एमालेको विजयी यात्रालाई कसैले छेक्न नसक्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले कसैले पनि निर्वाचनलाई रोक्नसक्ने अवस्था नरहेको बताउनुभयो । सरकारले प्रदेश र संघको निर्वाचनको मिति तोक्न ढिलाइ गरेको भन्दै त्यसप्रति एमालेको आपत्ति रहेको जनाउदै निर्वाचन हुन नदिन विभिन्न किसिमको षड्यन्त्र भइरहेको बताउँदै नेता खनालले त्यस्तो षड्यन्त्र सफल हुन नदिने प्रष्ट पार्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...