कमल थापाले बाटो बिराए,उनी जे पनि भन्छन- सुनील थापा



तपाईहरुले पार्टी किन फुटाउनुभयो ?
मुलभूत रुपमा पार्टी फुटेकोभन्दा पनि अलग्गिएको हो । हाम्रो एकता अधिवेशनले दुई पार्टीबिचमा एकताको महसुस गराउन र राष्ट्रवादी, लोकतान्त्रिक शक्तिलाई अघि बढाउनका लागि प्रयास गर्दा गर्दै पनि पूरा नहुने देखियो । हामीले गन्तव्य भेट्न नसक्ने अवस्था देख्यौँ । त्यसैले बाध्यताबस अलग रहनुपरेको हो ।

सैद्धान्तिक विवाद हो कि व्यक्तिगत स्वार्थ ?
पार्टी सैद्धान्तिक धरातलमा बन्छ । व्यक्तिको धरातलमा बन्दैन ।

तपाईहरुले सरकारमा जानका लागि पार्टी फुटाउनुभएको हो ?
यो कुरा गलत हो । सरकारमा को चाँही जान चाहेको थिएन ? हामीलाई चारवटा मन्त्रालय त पहिले नै दिइएको थियो नि ।

तर कसको नेतृत्वमा जाने भन्ने विवाद त थियो नि ? कमल थापाले पनि सत्ताको स्वार्थमा पार्टी फुटाइएको आरोप लगाउनुभएको छ ?
कमल थापाले त जे पनि भन्नुहुन्छ नि । हामीहरुको हस्ताक्षरलाई पनि नक्कली भन्नुभएको छ । उसो भए निर्वाचन आयोगमा गएका सासंदहरु पनि नक्कली हुन् त ?

थापाले त नक्कली हस्ताक्षरको प्रमाण नै छ भन्नुभएको छ?
सासंद र केन्द्रिय सदस्यले आफ्नो सनाखत आफैँ गरेका छन् । त्यसलाई नक्कली भन्न मिल्छ ? हामी सक्षम र जिम्मेवार नागरिक हौँ । त्यस्ता गलत काम गर्दैनौँ ।

तपाईले पार्टी फुटाउनका लागि धेरै कसरत गर्नुभयो । सासंदहरुलाई मन्त्री बनाउनेदेखि आर्थिक प्रलोभन पनि देखाउनुभयो भन्ने आरोप छ नि ?
कसले भन्यो ?

दिलनाथ गिरीले भन्नुभएको छ ?
दिलनाथ गिरीले प्रमाण ल्याउनुस् न ।

पार्टी फुटाउनमा विदेशी शक्तिको समेत हात छ भनिएको छ नि ?
हामीलाई कसैको सहयोग लिनु पर्दैन । हामी सार्वभौमसत्ता देशका स्वाभिमानी मान्छे हौँ । हाम्रो निर्णय हामी आफैँ गछौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा सहमति भइसकेको हो ?
सरकारमा जाने नजाने भिन्दै कुरा हो ।

तपाईँ आफैँ पनि मन्त्री बन्ने दौडमा हुनुहुन्छ । होइन ?
राजनीति गर्ने व्यक्तिले मन्त्री बन्नु सामान्य कुरा हो । सकेसम्म उच्च तहमा पुग्ने लक्ष्य त सबैको हुन्छ ।

अब सरकारमा गएर संविधान संशोधनको पक्षमा उभिने तयारी हो ?
त्यो पछिको कुरा हो । हिजो मात्रै दल दर्ता गरेका छौँ । आज केन्द्रिय समिति बैठकमा सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल गछौँ ।

तपाईहरुले कतिजना सासंद लिएर पार्टी फुटाउनुभएको हो ?
२० जना । अरु केही साथीहरु पनि थपिने कुरा छ ।

सांसद चोरेर हिँड्नुभयो है ? कमल थापालाई कमजोर बनाउनुभयो हैन ?
सासंद भनको चोर्ने वस्तु नै होइन । स्वाभिमानी र विवेकी मान्छेलाई चोरियो भन्नु नै गलत हो । उहाँहरु पशुपतिशमशेरको नेतृत्वमा आउन चाहनुभएको हो । हामीले कमल थापालाई कसरी कमजोर बनाउने ?

पार्टी फुटाएपछि त अब घाटा होला नि ? प्रदेश नम्बर २ को चुनावमा कमजोर बनिदैन ?
घाटा हुँदैन । हेर्नोस् न नतिजा कस्तो आउँछ ।

तपाईको चुनाव चिन्ह के हो ?
हलो । हिजोका दिनमा पनि हाम्रो चिन्ह हलो थियो । पुनः अलग्गिएकाले हाम्रो चुनाव चिन्ह हलो नै हुन्छ । निर्वाचन आयोगसँग हलो दाबी गरेका छौँ ।

कमल थापासँग सँगै बस्न नसक्नुको कारण के हो ?

राष्ट्रवादी र लोकतान्त्रिक शक्ति एक हुनुपर्छ हामीले पार्टी एकीकरण गरेकै हो । तर केही समय अघि पार्टीमा विचलन आयो । स्थानीय तहको चुनावमा पनि कमजोर नतिजा आयो । त्यसपछि यो नेतृत्वबाट गन्तव्यमा पुग्न नसकिने अवस्था देख्यौँ ।

पशुपतिशमशेर राणको नेतृत्वले गन्तव्यमा पु¥याउँछ त ?
उहाँको नेतृत्वले गन्तव्यमा पु¥याउँछ भन्नेमा हामी दृढ विश्वस्त छौँ । त्यसैले उहाँलाई साथ दिएका हौँ ।

                                                                                                                                                   ऋषि धमला

प्रतिक्रिया दिनुहोस
मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)