भरतपुरलाई नमूना महानगर मनाइने



चितवन । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भरतपुर महानगरलाई देशकै र एशियाकै नमूना महानगरका रुपमा विकास गर्ने बताएकी छिन् ।

निर्वाचनमा विजय भएपछि आईतबार आयोजित पदयात्रामा सहभागीलाई सम्बोधन गर्दै उनले प्राकृतिक सम्पदा र सुगमताका हिसाबले महत्वपूर्ण क्षेत्र भरतपुर नगरवासीको सुझाव र सल्लाहअनुरुप नै आफू अघि बढ्ने र अब भरतपुरलाई नमुना शहरको रुपमा विस्तार गर्न लाग्ने बताईन ।

कार्यक्रममा नगर उपप्रमुखमा विजयी पार्वती शाहले जनताले दिएको मतको कदर गर्दै अबको पाँच वर्षमा नमूना नगर बनाउन आफूहरु सक्रिय रुपमा लाग्ने प्रतिबद्धता गरिन ।

सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य अमिक शेरचनले सिंहदरबारको अधिकार गाउँसम्म पु¥याउन अहिलेको नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले सुशासन कायम गर्दै जनाकांक्षा बुझेर काम गर्न पदाधिकारीलाई सुझाव दिए ।
स्थानीय चौबीसकोठीमा भेला भएर सुरु भएको पदयात्रा नारायणगढको पुल्चोक पुगेको थियो । पदयात्रामा महानगरका सबै वडाबाट निर्वाचित प्रतिनिधिसहित काँग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख