झापामा पशुजन्य पदार्थ उत्पादन वृद्धि



हाम्रो इकोनोमि

झापा । झापामा तुलनात्मक रुपमा पशुजन्य पदार्थको उत्पादन विगतको भन्दा उल्लेखनीयरुपमा वृद्धि भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।  वार्षिक औसत वृद्धिदर दुग्ध ६।४१, मासु ३।५ र फुल ५।५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा दुग्ध ९३ हजार ५५ मेट्रिक टन उत्पादन भएकामा गत आवमा ९९ हजार १०३ मेट्रिक टन, अघिल्लो आवमा मासु १३ हजार ५४३ मेट्रिक उत्पादन भएकामा गएको आवमा १४ हजार १७ मेट्रिक टन र अघिल्लो आवमा एक करोड ९५ लाख ४४ हजार वटा अण्डा उत्पादन भएकामा गएको आवमा दुई करोड पाँच लाख ९९ हजार वटा उत्पादन भएको पशु चिकित्सक कुमारसिंह खत्रीले बताए ।

पशुजन्य पदार्थको उत्पादन बढाउन जिल्ला पशुसेवा कार्यालयले र छ वर्षे आवधिक जिल्ला योजना तयार गर्नुका साथै दुग्ध उत्पादन बढाउन गाईपालन व्यवसाय र मासु उत्पादन वृद्धि गर्न बाख्रा र बंगुरपालन व्यवसायलाई उच्च प्राथमिकता दिई योजना सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...