समाजमा ‘प्रतिष्ठित’को छवि बनाएका र सबैले सरोबरी चिनेका दुइ लब्ध प्रतिष्ठित ब्यक्ती बीचको बाझाबाझले यतिबेला सबैको ध्यान तानेको छ ।लेखक खगेन्द्र संग्रौला र पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यबीच ट्वीटरमा बाझाबाझ परेपछी यसले बहसको बिषय समेत बनाएको छ।
पोखराको फेवातालको जग्गा व्यक्तिको नाममा दर्ता भएको विषयमा लेखक खगेन्द्र संग्रौला र पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यबीच ट्वीटरमा बाझाबाझ परेको हो । संग्रौलाले शाक्यलाई आफ्नो ट्वीटमा ‘चोर’ भनेपछि शाक्यले पनि संग्रौलालाई अरुलाई दुःख दिने भनेका छन् ।
केही दिनअघि पोखराको फेवातालको जग्गा व्यक्तिको नाममा दर्ता भएको सम्बन्धी समाचार प्रकाशित भएको थियो । यो समाचारमा जग्गा गैरकानुनी रुपमा आफ्नो नाममा दर्ता गराउनेहरुमा पर्यटन व्यवसायी शाक्यको नाम पनि उल्लेख थियो । त्यहि बिषयलाइ लिएर दुवै बिच सामाजिक संजालमा हानाहान परेको हो।