माओवादीले सम्पत्ति लुटेजस्तै जनताको मत लुटे : पाण्डे



हाम्रो इकोनोमि

काठमाडौँ ।भरतपुर महानगरपालिकामा माओवादीले जितेपछि नेकपा एमालेका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले यो जित नभई जनताको सम्पती लुटेसरह भएको बताउनुभएको छ । रेणुुको  जितसँगै नेकपा एमालेका प्रभावशाली नेता तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भरतपुर महानगरपालिकामा रेणुु दाहालले जिते पनि गनर्भ गर्ने ठाउँ नभएको बताउनुभएको हो ।

उहाँले यस जितलाई यो जितेको नभई सम्पत्ति लुटिएजस्तै जनताको मत लुटिएको बताउनुभएको छ । पाण्डेले भन्नुभयो प्राविधिक रुपमा भएको जितले जित्ने मान्छेलाई पनि आफूले जिते भनेर भर्व गर्ने ठाउँ छैन । ’

उहाँले जनताले एमालेलाई मत दिएको भएपनि मतपत्र च्यात्नेजस्तो घृणित कार्य गरेर प्राविधिक ढंगले अर्कैलाई विजयी गराउने काम भएको समेत प्रतिक्रिया दिए । भरतपुरमा जनताको अभिमतमाथि प्रहार भएको टिप्पणी गर्दै पाण्डेले ‘जित्ने मान्छेलाई पनि जिते भन्ने नभई सधैंभरि जिताए भन्ने मनभित्र परिरहनेछ ।’ उनले यो नतिजाको भविष्यसम्म पनि आलोचना भइरहने समेत  पाण्डेको कथन छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...