माओवादीले सम्पत्ति लुटेजस्तै जनताको मत लुटे : पाण्डे



हाम्रो इकोनोमि

काठमाडौँ ।भरतपुर महानगरपालिकामा माओवादीले जितेपछि नेकपा एमालेका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले यो जित नभई जनताको सम्पती लुटेसरह भएको बताउनुभएको छ । रेणुुको  जितसँगै नेकपा एमालेका प्रभावशाली नेता तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भरतपुर महानगरपालिकामा रेणुु दाहालले जिते पनि गनर्भ गर्ने ठाउँ नभएको बताउनुभएको हो ।

उहाँले यस जितलाई यो जितेको नभई सम्पत्ति लुटिएजस्तै जनताको मत लुटिएको बताउनुभएको छ । पाण्डेले भन्नुभयो प्राविधिक रुपमा भएको जितले जित्ने मान्छेलाई पनि आफूले जिते भनेर भर्व गर्ने ठाउँ छैन । ’

उहाँले जनताले एमालेलाई मत दिएको भएपनि मतपत्र च्यात्नेजस्तो घृणित कार्य गरेर प्राविधिक ढंगले अर्कैलाई विजयी गराउने काम भएको समेत प्रतिक्रिया दिए । भरतपुरमा जनताको अभिमतमाथि प्रहार भएको टिप्पणी गर्दै पाण्डेले ‘जित्ने मान्छेलाई पनि जिते भन्ने नभई सधैंभरि जिताए भन्ने मनभित्र परिरहनेछ ।’ उनले यो नतिजाको भविष्यसम्म पनि आलोचना भइरहने समेत  पाण्डेको कथन छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...