भरतपुरको यस्तो आयो हिसाब,अब कसले जित्ला?



हाम्रो इकोनोमि

भरतपुर महानगरपािलका वडा नम्बर १९ को मतगणना सकिँदा नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली २२१ मतले मात्रै अगाडि छन् ।
१९ नम्बर वडाको मतगणना भईसक्दा एमालेका देवी ज्ञवाली ४१९४६ र काँग्रेस माओबादी केन्द्रकी रेणु दाहालले ४१७२५ मत ल्याएकी छन् । ज्ञवाली भन्दा दाहाल २२१ मत मात्र पछाडि छन् ।

१९ नम्बरको वडामा काँगेसको प्यानलै विजयी भएको छ ।
१९ नम्बर वडामा काँंग्रेस र माओबादी केन्द्रले राज्यसत्ता र ब्यापक आर्थिक लगानी परिचालन गरेर पनि अपेक्षाकृत मत ल्याउन सकेनन् । त्यसैको संकेत स्वरुप रेणुले १९ नम्बरको मत गणना सकिनै लाग्दा “थुक्क” भनेर स्टाटस राखेकी थिईन, जसलाई उनले तत्कालै हटाईन ।

२० नम्बरको मत गणना सकिँनु भन्दा अघिको आँकलनमा देबी र रेणुले जित्ने संभावना बराबर भएको छ ।
एमाले कार्यकर्ताहरुका अनुसार २० नम्बर वडामा रेणुलाई ३०० भन्दा बढी मत तिर्नुपर्ने हुनसक्छ तर बाँकी २२१ मात्रै छ । त्यसैले देवीले नै जित्छन् भन्ने आधार अलि कमजोर देखिएको छ ।
२० नम्बर वडा भन्नाले भीमनगरदेखि नदीपुरसम्मको क्षेत्र हो । भीमनगरमा काँग्रेसको बाहुल्यता भएपनि अन्यत्र एमालेको अबस्था राम्रै रहेको बताईन्छ । त्यहाँ ३३०३ मत खसेको  छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...