भरतपुरको यस्तो आयो हिसाब,अब कसले जित्ला?



हाम्रो इकोनोमि

भरतपुर महानगरपािलका वडा नम्बर १९ को मतगणना सकिँदा नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली २२१ मतले मात्रै अगाडि छन् ।
१९ नम्बर वडाको मतगणना भईसक्दा एमालेका देवी ज्ञवाली ४१९४६ र काँग्रेस माओबादी केन्द्रकी रेणु दाहालले ४१७२५ मत ल्याएकी छन् । ज्ञवाली भन्दा दाहाल २२१ मत मात्र पछाडि छन् ।

१९ नम्बरको वडामा काँगेसको प्यानलै विजयी भएको छ ।
१९ नम्बर वडामा काँंग्रेस र माओबादी केन्द्रले राज्यसत्ता र ब्यापक आर्थिक लगानी परिचालन गरेर पनि अपेक्षाकृत मत ल्याउन सकेनन् । त्यसैको संकेत स्वरुप रेणुले १९ नम्बरको मत गणना सकिनै लाग्दा “थुक्क” भनेर स्टाटस राखेकी थिईन, जसलाई उनले तत्कालै हटाईन ।

२० नम्बरको मत गणना सकिँनु भन्दा अघिको आँकलनमा देबी र रेणुले जित्ने संभावना बराबर भएको छ ।
एमाले कार्यकर्ताहरुका अनुसार २० नम्बर वडामा रेणुलाई ३०० भन्दा बढी मत तिर्नुपर्ने हुनसक्छ तर बाँकी २२१ मात्रै छ । त्यसैले देवीले नै जित्छन् भन्ने आधार अलि कमजोर देखिएको छ ।
२० नम्बर वडा भन्नाले भीमनगरदेखि नदीपुरसम्मको क्षेत्र हो । भीमनगरमा काँग्रेसको बाहुल्यता भएपनि अन्यत्र एमालेको अबस्था राम्रै रहेको बताईन्छ । त्यहाँ ३३०३ मत खसेको  छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...