संविधान संसोधनमा एमाले बाधक : देउवा



हाम्रो इकोनोमि

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाधक रहेको बताएका छन् ।  प्रधानमन्त्री देउवाले राष्ट्रिय जनता पार्टी (राजपा) चुनावमा सहभागी हुने विश्वास पनि व्यक्त गरेका छन् ।

जनकपुरधाममा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले मधेशका मुद्दाको सम्बोधन क्रमशः हुँदै गएका कारण राजपालाई चुनावमा जान वातावरण बनेको बताएका हुन । प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस संविधान संशोधन विधेयकलाई पारित गराउन अग्रसर रहेको बताए ।

उनले एशियाली विकास बैंकको आयोजनाअन्तर्गत जनकपुरमा भइरहेको सडक र ढल निर्माण कार्यमा सहयोग गर्न जनकपुरवासीसँग आग्रह गरे । निर्वाचनमा नेकपा माओवादी केन्द्रलगायत इच्छुक दलसँग कांग्रेस तालमेल गर्ने पक्षमा रहेको उनको कथन थियो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...