मन्त्री बलायर र राजदूत हङबीच शिष्टाचार भेट



हाम्रो इकोनोमि

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँग नेपालका लागि चिनियाँ राजदूत यु हङबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा बिहीबार भएको भेटमा राजदूत हङले स्याफ्रुबँेसी–रसुवागढी सडक निर्माणको काम छिट्टै गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हङले चिनियाँ लगानीमा सञ्चालित परियोजना चाँडो सम्पन्न गरी थप योजनामा सहयोग गरिने विश्वास दिलाएको मन्त्री बलायरका प्रेस सहयोगी रमेश जोशीले जानकारी दिएका छन् ।

मन्त्री बलायरले अरनिको राजमार्गमा दोस्रो चरणको मर्मत गर्न चीन सरकारको सहयोगका लागि अनुरोध गरेका थिए । अरनिको राजमार्ग मर्मत गर्न चीन सरकार सकारात्मक रहेको राजदूत हङले जानकारी दिए ।  नेपालमा पूर्वाधार निर्माणका काममा निरन्तर सहयोग गर्न चीन सरकार तयार रहेको पनि हङको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...