बम फ्याक्ने प्रहरी सहायक निरीक्षक राना सम्मानित



प्रहरी महानिरीक्षक प्रकाश अर्यालको समुपस्थितिमा पूर्व नेपाल प्रहरी परिवार मञ्च, बेलायतले प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर रानालाई बिहीबार नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरेको छ ।
प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा उक्त मञ्चको तर्फबाट मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले प्रहरी सहायक निरीक्षक रानालाई नगद ५१ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
समारोहमा मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रवासको बसाईको वावजुद पनि नेपाल प्रहरी संगठन र यसमा आवद्ध कर्मचारीहरुप्रतिको भावनात्मक सानिध्यताका लागि आफ्नो स्थानबाट दिएको योगदान सह्रानीय रहेको चर्चा गर्दै उक्त मञ्चप्रति संगठनकोतर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।
प्रहरी सहायक निरीक्षक रानाको अदम्य साहसले नेपाल प्रहरीका सदस्यहरुको विरता र कर्तव्यपरायणतालाई पुनः एकपटक इतिहासमा कहिल्यै नमेटिने गरी अंकित गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक अर्यालले यसले देश, विदेशमा रहेका नेपालीहरु माझ प्रहरी संगठनको पहिचान र लोकप्रियतालाई नयाँ उचाईमा पुर्‍याएको बताउनुभयो ।
नेपाल प्रहरीमा आवद्ध कर्मचारीहरुको व्यावसायिकता र विरताको परिचय दिँदै सकल दर्जालाई गौरवान्वित बनाएका प्रहरी सहायक निरीक्षक रानाप्रति मञ्चले गरेको सम्मानले संगठनका समग्र सदस्यलाई नैतिक बल प्राप्त भएको र यस्ता कदमले समाजका अन्य वर्ग समेत प्रहरीलाई सहयोग गर्न प्रेरित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
समारोहमा उक्त मञ्चको तर्फबाट मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले प्रहरी सहायक निरीक्षक रानाले आफ्नो बहादुरी प्रर्दशन गरी ठूलो जनधनको क्षति हुनबाट जोगाई प्रहरी कर्मचारीहरुको मात्र नभई पूर्व प्रहरी कर्मचारीहरुलाई समेत गौरवान्वित बनाएको चर्चा गर्नुभयो । साथै मञ्चले आगामी दिनमा पनि प्रहरी संगठनको हित उन्नतीको लागि सहयोग गरिरहने विश्वास समेत व्यक्त गर्नुभयो ।
स्थानीय तह निर्वाचनको क्रममा दाङको तुल्सीपुर उपमहानगरपालिका–३ स्थित श्री प्रतापपुर अम्बास आवासिय बिद्यालयस्थित मतदान केन्द्रमा खटिएका रानाले अज्ञात व्यक्तिले प्रहार गरेको बम तत्कालै टिपेर फाल्दा केही पर खोल्सामा पुगेर बिष्फोट भई निष्क्रिय भएको थियो ।
समारोहमा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्