सावधान ! सहकारीका कारण तपाई पनि पुग्नुहोला सडकमा



काठमाडौँ ।  बैंक तथा वित्तीय संस्था तथा सहकारीहरुले करोडपतिलाई कसरी रोडपति बनाइदिन्छन् र जीवनभर मर्नु न बाँच्नुको अवस्थामा पु¥याइदिन्छन् । कांग्रेस नेत्री मृदुला कोइरालाले गभर्नर चिरञ्जीवी नेपालको मिलेमतोमा काभ्रेली टेकनाथ हुमागाईंलाई रोडमा पु¥याइदिएकै शैलीमा मलाई पनि घर न घाटको अवस्थामा पु¥याइदिएका छन् । अहिले बैंक भन्दा जब्बर भएर उदाएका छन सहकारी । जसरी सुधीर बस्नेतले सहकारी मार्फत हजारौं सर्वसाधरणहरुलाई ठगे ठीक उही ढंगले लुटिए,वर्वाद भए म सहकारीकै कारण । यसरी मलाई घर न घाटको अवस्थामा पुर्याइदिने सहकारी हो ललितपुरको मानभवनमा रहेको जय अम्बे बचत तथा ऋण सहकारी संस्था । र सो संस्थाका दुई टाउकाहरु नबिन बस्नेत र सञ्चालक तथा कर्जा प्रमुख शैलेन्द्र कुमार श्रेष्ठकै कारण आज मेरो बिल्लीवाठ भएको छ । पेशाले व्यापारी । चितवनको नारायणगढमा नाम चलेको व्यापारीमा गनिन्थे । कैलास खाद्य स्टोर सञ्चालन गर्दै आएको थिए । यस्का साथसाथैं जग्गाको कारोवार समेत गर्दै आएको थिए । त्यहाँका स्थानीयहरुको म प्रति यति अगाध विश्वाश र प्रेम थियो कि बरु उहाँहरुको बैंक प्रति अविश्वाश थियो म प्रति त्यति विश्वाश थियो । हाम्रो पैसा सुरक्षित राखिदिनुहोस भन्दै पैसा दिन आउथे । नाम,दाम सबै कमाएको थियो । सधै नियममा कहाँ चल्दो रहेछ र जिन्दगी रु सबै हिसाबले सम्पन्न थिए । कैलाश खाद्य उद्योग सञ्चालनका लागि ऋण आवश्यक परेको हुँदा नेपाल बैंकबाट ५ लाख ऋण लिए । यही समयमा भेट भएको हो गुण बहादुर थापा उर्फ शभ्भु थापासँग भेट भएको हो । यी यीनै व्यक्ति हुन जस्ले नवराज सिलवाललाई समेत वदनाम गराए । जीवनमा यस्ता व्यक्तिसँग नजोडिएको हुँदो हुँ त आज मेरो यो हालत हुने थिएन । उनीहरुसँग काम गर्दा जग्गाको कारोबार गर्ने र अझैं नाफा कमाउने हेतुले जुन स्थानमा मिल थियो । सोही मिल धितोमा राखेर नेपाल शेयर मार्केट २० लाख रुपैंया ऋण लिइयो । फेरि अर्को बैंकसँग ४० लाख ऋण लिइयो । पछि शिखर फाइनान्ससँग १ करोड ४० लाख रुपैंया ऋण लिइयो । तर पार्टनरसिपमा लिइएको ऋणमा पार्टनरलाई पोस्ने मात्र काम भयो । लगानी गरेको रकम समेत उठाउन सकिएन । बीचमा उनीसँग विवाद भयो र ६८ सालमा उनको नाममा रहेको जग्गा जस्को बजारमुल्य ७० लाखको हाराहारीमा थियो । सोही जग्गा लिएर हिसाब मिलान गरियो । यसरी शभ्भुको कारण खनिएको खाल्डोमा दिन प्रति दिन पुरिदै गए । बैंकका व्याज चढ्दै जाने तर तिर्न नसक्ने अवस्थामा पुगे । सोही ऋणको व्याज शिखर फाइनन्सलाई पटक पटक गरी व्याज मात्रै एक करोडभन्दा बढी तिरिसकेको थिए । तर सावा तिर्न नसकेपछि साबिक नारायणगढमा ८,हाल भरतपुर वडा नम्बर ५ मा रहेको बैकुन्ठ चोकमा रहेको कैलाश खाद्य उद्योग रहेको ११९४ र ११९६ कित्ता नम्बर १९ धुर,कठार गाविस वडा नम्बर ७ ख कित्ता नम्बर २१ को १० कठ्ठा,चैनपुर २ खमा रहेको ३२६ किता नम्बरमा रहेको २ कठ्ठा,६ घ को किता नम्बर ६ र ७, जवि १ कठ्ठा १४ धुर र २ कठ्ठा ५ धुर,४ खको किता नम्बर ३८६ र २०१४ को ३ कठ्ठा १४ धुर र ३ कठ्ठा ९ धुर,खैरेनी ३ घ मा रहेको ३९२,३८२ कित्ता नम्बर ३ कठ्ठा १२ धुर र २ कठ्ठा १९ धुर,हाजिपुर ६ क कित्ता नम्बर १८०६ मा रहेको ४ कठ्ठा ६ धुर,बिरेन्द्रनगर ८ कित्ता नम्बर २५,१५२,१५८ गरी ३ बिघा ११ कठ्ठा २ धुर जग्गा बैंकको कव्जामा गयो । बैंकसँग गरिएको सहमति अनुसार उक्त बैंकलाई एक करोड ५० लाख रुपैंया सावा व्याज सहित बुझाउने शर्त थियो । पटक पटक गरी झण्डै एक करोड रुपैंया व्याज मात्रै बुझाए । जब माओवादी शान्ती प्रक्रियामा आउदा घरजग्गा कारोबार ह्वात्तै चुलियो । अनुत्पादक क्षेत्रमा लगानी बढेसँगै तत्कालीन गभर्नर युवराज खतिवडाले यसमा कडाई गरेपछि व्यवसायमा मन्दी आँउदै गयो । दुईतिरको धारमा पुगे म ।बैंकले दिन प्रतिदिन च्याप्न थाल्यो । कबोल गरे अनुसारको रकम बुझाउन नसकेपछि बैंकले जग्गा लिलामी गर्यो । खाएको विषसम्म त ठीकै थियो । जीवनमा नखाएको नखाएको विष लाग्यो । यो बीचमा शिखर फाइनान्स काष्ठमाण्डप बैंकमा मर्ज भइसकेको थियो । मैले काठमाडौं जिल्ला अदालतमा मुद्धा हाले । र सो मुद्धामा पुनरावेदन अदालत पाटनले हामी दुबै बीच मिलापत्र गरायो ७३ साल असोज ११ गते बैंकसँग मिलापत्र भयो । मेरो दुख पसिना आर्जेर कमाएको सम्पत्ति पुन मेरै मेरै नाममा फिर्ता आयो । तावाबाट उम्किएको माछो भुग्रोमा भनेझैं नियति भयो फेरि । एउटाका जालझेलका कारण म वार्वद भएर सिद्धिएको थिए । त्यही बीचमा भेटिए जय अम्बे बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक भेटिए शैलेन्द्र कुमार श्रेष्ठ । उनले मेरो पीडा बुझे । यसरी नम्र रुप्मा प्रस्तुत भए कि आफैं सो सहकारी संस्थाको सञ्चालक रहेकोले जग्गा धितोमा राखेर २ करोड रुपैंया ऋण लिन आफूहरु तत्पर रहेको बताए । आर्थिक रुपमा जर्जर भइसकेको थियो मेरा अवस्था । उनको कुरा ठीक लाग्यो अरु मुद्धा मामिला पर्ला,यो जग्गा नविन बस्नेतको नाममा नामसारी भयो । मान्छेहरु बीचमा सम्बन्ध विश्वाशमा अडिएको हुन्छ । त्यही विश्वाशको जगमा जग्गा उनको नाममा नामसारी गरेको थिए । कागज पनि बनेन । वैंकसँग १ करोड ५० लाखमा काष्ठमाण्डप बैंकसँग ७३ असोज १० गते मिलपात्र भयो । मैले आफैं १५ लाख तिरे र एक करोड ३५ लाख शैलेन्द्र कुमार श्रेष्ठको नामबाट जम्मा भयो । १० गते मिलापत्र सोही दिन म चितवन गए । त्यस्को भोलीपल्टै ११ गते बैंकको नामबाट सो जग्गा मेरो नाममा आयो । सो जग्गा सोही दिनको भोलीपल्ट नविन बस्नेतको नाममा कर्जा दिए वापत धितोको रुपमा नामसारी भयो । उनीहरुले जग्गा नामसारी गर्दा भनेका थिए ‘तपाईको जग्गा कहाँ जाने होइन ,रोक्का राख्दा मुद्धा मामिला पर्ला हामीसँग राख्दा सुरक्षित हुन्छ । तपाईले बेच्ने नै हो ।’ १ करोड ३९ लाख उनले त्यहाँ हाले । यसरी नविन बस्नेतहरुको जालझेलमा परी मेरो विल्लीवाठ भयो । त्यहाँका कर्जा विभागका प्रमुख शैलेन्द्र कुमार श्रेष्ठहरुकै मिलेमतोमा फसाइयो । यो बीचमा मेरा छोरा चिरञ्जिवीले सहकारीका सञ्चालकहरु नविन बस्नेत र शैलेन्द्र कुमार श्रेष्ठसँग जग्गाको लागत मूलय तिर्न तयार रहँद समेत उनले जग्गा फिर्ता दिनुको सट्टा उल्टै धम्काउने थर्काउने गर्दछन । उनी ५ करोड रुपैंया दिइस भने जग्गा फिर्ता गर्छु होइन भने फोन सम्र्पक नगर भनेर धम्काउने गरेका छन । यो मुद्धा अदालतमा बिचाराधिन छ । तारेख बुझ्न जाँदा समेत उल्टै तारेख लिन किन आइस भन्दै उनलाई धम्काउने गरेका छन । बिगत तीन वर्ष देखि यही मुद्धा लड्दै छु । यो मुद्धा अहिले अदालतमा चलिरहेको छ । जग्गा फिर्ता माग्दा उल्टै डनहरुको नाममा विक्री भइसकेको भने । त्यही सहकारीको कारण विशेष गरेर शैलेन्द्र कुमार श्रेष्ठहरुको योजनावद्ध हमलाको शिकार भए म । लुटिए,सकिए वर्वाद भए । जीवनभरको कमाइ क्षणभरमा माटो भयो । यसरी शैलेन्द्र सहकारीका आडमा म जस्ता धेरैलाई ढगेका छन । विल्लीवाठ बनाएका छन । अझैं पनि आशा मरेको छैन । यही २४ गते जग्गा फुकुवा सम्बन्धि सुनुवाई हुँदैछ ।आशा एवं विश्वाश छ नेपालमा अझैं न्याय मरेको छैन । हिजोको दिन सम्झदा भतभती छात्ती पोल्छ । पीडा हुन्छ । कहाँको चितवनमा गनिएको करोडपति म सोही सहकारी र वदमास शैलेन्द्रका कारण आज सडकमा आइपुगेको छु ।अरुका घरमा भाडामा बस्ने अवस्थामा आइपुगेको छु । मेरो सोझो सिधापनाको फाइदा उठाएर मेरो र परिवारको बिल्लीवाठ पार्ने ठग सहकारी सञ्चालकहरुलाई कारवाही होस । यो बीचमा मैले भोगेको मानसिक र शारीरिक यातनाको क्षतीपुर्ती मैले कहाँबाट कसरी पाउने रु अहिले यही कारण मुटुको रोगी बन्न पुगेको छु । सो सहकारीका कारण म मात्र होइन धेरै उद्यमी व्यवसायी यसैगरी लुटिएका छन । तीनको खुसी खोसिएको छ । यस्ता फटाहा सहकारी सञ्चालकलाई यथाशीघ्र कानुनी कठघारामा उभ्याइयोस । जय अम्बे सहकारी पीडित टंक प्रसाद खरेलसँग गरिएको कुराकानीको आधारमा

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार