प्रदेश नं २ काँग्रेसको भोट बैंक,अरुले चेक साट्न सक्दैन



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नं २ नेपाली काँग्रेसको भोट बैंक रहेको बताउनुभएको छ ।
जिल्लाको बर्दिवासस्थित नेपाली काँग्रेस पार्टी कार्यालयले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेसले सधैँ प्रदेश नं २ मा बढी सिट ल्याएर चुनाव जित्दै आएकाले यो प्रदेश भोट बैंकको रुपमा रहेको चर्चा गर्नुभएको हो ।

महामन्त्री कोइरालाले २ नं प्रदेशबाहेक अन्य प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घातका कारण काँग्रेस पछि परेको आरोप लगाउनुभयो ।
उहाँले सबै वर्ग जाति र समुदायका साथै आन्दोलनरत पक्षका संविधान संशोधनलगायतका माग काँग्रेसले नै पूरा गर्ने भएकाले यस प्रदेशमा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो दललाई पूर्ण बहुमतका साथ जिताउन आग्रह गर्नुभयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने १५० जनालाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...