हिमाली जिल्लाकालाई चीन सरकारको खाद्यान्न सहयोग



मुगु । चीन सरकारले आफ्नो सिमानासँग जोडिएका नेपालका उत्तरी नाकाका बासिन्दाहरुलाई खाद्यान्न सहयोग गरेको छ । हिमाली जिल्लाका बासिन्दालाई विगत वर्षहरुमा झैँ यस वर्ष पनि खाद्यान्न सहयोग गरेको हो ।

मुगु जिल्लाको चीनसँगको सिमाना नाक्चे लाग्नाबाट एक घण्टा टाढा चीनको हयाजिमार भन्ने क्षेत्रमा बिहिार चिनियाँ प्रतिनिधिले मुगुम कार्मारोङ गाउँपालिका वडा नं १ देखि ९ सम्मका घरधुरीलाई खाद्यान्न वितरण गरेका हुन् । सो गाउँपालिकामा रहेका सबै वडा, बस्ती चीनको सिमानासँग जोडिएका छन् भने यो क्षेत्रमा सबै कार्मारोङ र मुगाल जनजातिको बसोबास रहेको छ ।

मुगम कार्मारोङ गाउँपालिकाका प्रमुख छिरिङ क्याप्ने लामाका अनुसार चीन सरकारले ९०० क्विन्टल चामल, ९०० क्विन्टल उवा, ७०० क्विन्टल मैदा, २०० क्विन्टल चिनी, तीन हजार ५०० लिटर खानेतेल, दुई क्विन्टल चिया र २०० क्विन्टल नून सहयोग गरेको छ । चीन सरकारले खाद्यान्न सहयोग गर्ने भएपछि स्थानीयवासी खाद्यान्न बोकेर ल्याउन घरमा भएका चौँरी, भेडा तथा घोडा लिएर वितरणस्थलमा पुगेको र खाद्यान्न दामासाहीका हिसाबले प्रत्येक घरधुरीलाई वितरण गरिएको पनि गाउँपालिकाले जनाएको छ ।

विगत वर्षहरुमा साविकको जिविसका प्रतिनिधिलाई चीन सरकारले खाद्यान्न बुझाउँथ्यो यस पटक चीन सरकारले स्थानीय तहका प्रतिनिधिलाई खाद्यान्न बुझाएको छ ।नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला उपप्रधान तथा परराष्ट्रमन्त्री भएका बेलादेखि चीन सरकारले हिमाली जिल्लाका स्थानीयवासीलाई प्रत्येक वर्ष खाद्यान्न सहयोग गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री प्रचण्ड र कतारका राजाबीच भेटवार्ता

     नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद

नेपाल-कतारबीच ६ वटा विषयमा समझदारी

    नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ६ वटा क्षेत्रमा समझदारी

कतारका राजा स्वदेश फर्किए, राष्ट्रपतिले गरे बिदाई

    कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन्

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतल निवासमा भेटवार्ता

    राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल