हिमाली जिल्लाकालाई चीन सरकारको खाद्यान्न सहयोग



हाम्रो इकोनोमि

मुगु । चीन सरकारले आफ्नो सिमानासँग जोडिएका नेपालका उत्तरी नाकाका बासिन्दाहरुलाई खाद्यान्न सहयोग गरेको छ । हिमाली जिल्लाका बासिन्दालाई विगत वर्षहरुमा झैँ यस वर्ष पनि खाद्यान्न सहयोग गरेको हो ।

मुगु जिल्लाको चीनसँगको सिमाना नाक्चे लाग्नाबाट एक घण्टा टाढा चीनको हयाजिमार भन्ने क्षेत्रमा बिहिार चिनियाँ प्रतिनिधिले मुगुम कार्मारोङ गाउँपालिका वडा नं १ देखि ९ सम्मका घरधुरीलाई खाद्यान्न वितरण गरेका हुन् । सो गाउँपालिकामा रहेका सबै वडा, बस्ती चीनको सिमानासँग जोडिएका छन् भने यो क्षेत्रमा सबै कार्मारोङ र मुगाल जनजातिको बसोबास रहेको छ ।

मुगम कार्मारोङ गाउँपालिकाका प्रमुख छिरिङ क्याप्ने लामाका अनुसार चीन सरकारले ९०० क्विन्टल चामल, ९०० क्विन्टल उवा, ७०० क्विन्टल मैदा, २०० क्विन्टल चिनी, तीन हजार ५०० लिटर खानेतेल, दुई क्विन्टल चिया र २०० क्विन्टल नून सहयोग गरेको छ । चीन सरकारले खाद्यान्न सहयोग गर्ने भएपछि स्थानीयवासी खाद्यान्न बोकेर ल्याउन घरमा भएका चौँरी, भेडा तथा घोडा लिएर वितरणस्थलमा पुगेको र खाद्यान्न दामासाहीका हिसाबले प्रत्येक घरधुरीलाई वितरण गरिएको पनि गाउँपालिकाले जनाएको छ ।

विगत वर्षहरुमा साविकको जिविसका प्रतिनिधिलाई चीन सरकारले खाद्यान्न बुझाउँथ्यो यस पटक चीन सरकारले स्थानीय तहका प्रतिनिधिलाई खाद्यान्न बुझाएको छ ।नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला उपप्रधान तथा परराष्ट्रमन्त्री भएका बेलादेखि चीन सरकारले हिमाली जिल्लाका स्थानीयवासीलाई प्रत्येक वर्ष खाद्यान्न सहयोग गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...