हिमाली जिल्लाकालाई चीन सरकारको खाद्यान्न सहयोग



हाम्रो इकोनोमि

मुगु । चीन सरकारले आफ्नो सिमानासँग जोडिएका नेपालका उत्तरी नाकाका बासिन्दाहरुलाई खाद्यान्न सहयोग गरेको छ । हिमाली जिल्लाका बासिन्दालाई विगत वर्षहरुमा झैँ यस वर्ष पनि खाद्यान्न सहयोग गरेको हो ।

मुगु जिल्लाको चीनसँगको सिमाना नाक्चे लाग्नाबाट एक घण्टा टाढा चीनको हयाजिमार भन्ने क्षेत्रमा बिहिार चिनियाँ प्रतिनिधिले मुगुम कार्मारोङ गाउँपालिका वडा नं १ देखि ९ सम्मका घरधुरीलाई खाद्यान्न वितरण गरेका हुन् । सो गाउँपालिकामा रहेका सबै वडा, बस्ती चीनको सिमानासँग जोडिएका छन् भने यो क्षेत्रमा सबै कार्मारोङ र मुगाल जनजातिको बसोबास रहेको छ ।

मुगम कार्मारोङ गाउँपालिकाका प्रमुख छिरिङ क्याप्ने लामाका अनुसार चीन सरकारले ९०० क्विन्टल चामल, ९०० क्विन्टल उवा, ७०० क्विन्टल मैदा, २०० क्विन्टल चिनी, तीन हजार ५०० लिटर खानेतेल, दुई क्विन्टल चिया र २०० क्विन्टल नून सहयोग गरेको छ । चीन सरकारले खाद्यान्न सहयोग गर्ने भएपछि स्थानीयवासी खाद्यान्न बोकेर ल्याउन घरमा भएका चौँरी, भेडा तथा घोडा लिएर वितरणस्थलमा पुगेको र खाद्यान्न दामासाहीका हिसाबले प्रत्येक घरधुरीलाई वितरण गरिएको पनि गाउँपालिकाले जनाएको छ ।

विगत वर्षहरुमा साविकको जिविसका प्रतिनिधिलाई चीन सरकारले खाद्यान्न बुझाउँथ्यो यस पटक चीन सरकारले स्थानीय तहका प्रतिनिधिलाई खाद्यान्न बुझाएको छ ।नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला उपप्रधान तथा परराष्ट्रमन्त्री भएका बेलादेखि चीन सरकारले हिमाली जिल्लाका स्थानीयवासीलाई प्रत्येक वर्ष खाद्यान्न सहयोग गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...