चुनाबभर कांग्रेसले बिर्सिने भो गुट,मधेश जित्न देउवा र पौडेल भए एकजुट



हाम्रो इकोनोमि

संसद्को सबै भन्दा ठुलो र नेपालकै पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस चुनावी कार्यक्रम लिएर मधेश झरेको छ । गुटको राजनितीले सिथिल बनेको कांग्रेस ले २ नम्बर प्रदेश कब्जा गर्न एक जुट भएको संदेश समेत जनकपुर बाट दिने भएको छ। असोज २ गते २ नम्बर प्रदेशमा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बन्ने लक्ष्यसहित मधेश झरेको कांग्रेसले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई पनि मध्यनजर गर्दै कार्यक्रम गर्न लागेको हो । त्यसका लागी पार्टी सभापति रहेका प्रधानमन्त्री शेर बहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेल एकजुट भएका छन।

आज कांग्रेसले जनकपुरमा प्रदेश भेला गर्दैछ । उक्त भेलालाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेललगायतका शीर्षस्थ नेताहरुले सम्बोधन गर्नेछन् ।पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमाले भन्दा ५० सिटले पछि परेर दोस्रो दलमा रहेको कांग्रेस अब दुई नम्बर प्रदेशबाट एक सय सिट जितेर पहिलो पार्टी बन्ने रणनीतिमा रहेको छ । २ नम्बर प्रदेशको आठ जिल्लामा एक सय २७ स्थानीय तह रहेका छन् । कांग्रेसले एक सय सिट जित्ने दाबी गर्दै आएको छ । आउँदो माघ ७ गतेभित्र स्थानीय तहसहित प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गरिसक्नु पर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ । त्यसका लागी समेत कांग्रेस नेताहरु काधमा काँध मिलाएर अगी बढ्ने भएका छन।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...