छोरालाइ आज अदालतमा पेश गर्ने,बाबुको पक्षमा भोली चितवनमा मत झर्नॆ?



हाम्रो इकोनोमि

मतपत्र च्यातिए पछी सर्बोच्च अदालतमा पुगेर टुंगिएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा भोली २० गते निर्वाचन हुदैछ। त्यहाँ एमालेका देवी ज्ञवाली र माओबादी-कांग्रेसकी रेणु दाहाल मेयरको प्रतिष्पर्धामा छन। तर चुनाब हुने एक दिन अगाडी ज्ञवालीका छोरा निरब प्रहरी नियन्त्रणमा परेका छन। निरवमाथि भरतपुरमा आफ्नै पिताकी प्रतिस्पर्धी रेणु हादालमाथि अपशब्द प्रयोग गरी फेसबुकमार्फत गाली गरेको आरोप छ ।

निर्वाचनको २ दिनअघि पक्राउ परेका निरबको बारेमा अनेकौं चर्चा हुन् थालेको छ । प्रविधिको गलत प्रयोग गर्नेमाथि कारबाही गर्नुपर्ने भएकोले उनलाई पक्राउ गर्नु सही भएको तर्क गर्ने धेरै छन् तर यही भीडमा उनलाई राजनैतिक उद्देश्य प्राप्तिका लागि प्रयोग गरिएको भन्नेहरु पनि छन् ।
उजुरी परेको डेढ महिनासम्म पक्राउ नगरिएका निरबलाई निर्वाचनको ठिक २ दिनअघि पक्राउ गर्नु मौन अवधिमा प्रचारबाजीको नयाँ शैली भनेर अथ्र्याउनेहरु पनि छन् । कांग्रेसका प्रधानमन्त्री र माओवादीका गृहमन्त्री भएका बेला सत्ताको दुरुपयोग गरिएको एमालेले आरोप लगाएको छ । आजै ज्ञवालीका छोरा निरव ज्ञवालीलाई अदालत पेश गरिँदैछ । निरबमाथि कस्तो कारबाही गर्ने भन्ने कुरा आज अदालत पेश गरिएपछि अदालतले निधो गर्नेछ । तर यसले भोलिको मतदानमा कस्तो प्रभाव पार्ला भनेर अड्कल काट्नेहरु पनि धेरै छन् । भोलिको चुनावमा यो घटनाले सकारात्मक वा नकारात्मक कस्तो प्रभाव पार्ला त्यो भोलि नै देखिनेछ तर निर्वाचनको तयारी भने अन्तिम चरणमा पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...