छोरालाइ आज अदालतमा पेश गर्ने,बाबुको पक्षमा भोली चितवनमा मत झर्नॆ?



हाम्रो इकोनोमि

मतपत्र च्यातिए पछी सर्बोच्च अदालतमा पुगेर टुंगिएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा भोली २० गते निर्वाचन हुदैछ। त्यहाँ एमालेका देवी ज्ञवाली र माओबादी-कांग्रेसकी रेणु दाहाल मेयरको प्रतिष्पर्धामा छन। तर चुनाब हुने एक दिन अगाडी ज्ञवालीका छोरा निरब प्रहरी नियन्त्रणमा परेका छन। निरवमाथि भरतपुरमा आफ्नै पिताकी प्रतिस्पर्धी रेणु हादालमाथि अपशब्द प्रयोग गरी फेसबुकमार्फत गाली गरेको आरोप छ ।

निर्वाचनको २ दिनअघि पक्राउ परेका निरबको बारेमा अनेकौं चर्चा हुन् थालेको छ । प्रविधिको गलत प्रयोग गर्नेमाथि कारबाही गर्नुपर्ने भएकोले उनलाई पक्राउ गर्नु सही भएको तर्क गर्ने धेरै छन् तर यही भीडमा उनलाई राजनैतिक उद्देश्य प्राप्तिका लागि प्रयोग गरिएको भन्नेहरु पनि छन् ।
उजुरी परेको डेढ महिनासम्म पक्राउ नगरिएका निरबलाई निर्वाचनको ठिक २ दिनअघि पक्राउ गर्नु मौन अवधिमा प्रचारबाजीको नयाँ शैली भनेर अथ्र्याउनेहरु पनि छन् । कांग्रेसका प्रधानमन्त्री र माओवादीका गृहमन्त्री भएका बेला सत्ताको दुरुपयोग गरिएको एमालेले आरोप लगाएको छ । आजै ज्ञवालीका छोरा निरव ज्ञवालीलाई अदालत पेश गरिँदैछ । निरबमाथि कस्तो कारबाही गर्ने भन्ने कुरा आज अदालत पेश गरिएपछि अदालतले निधो गर्नेछ । तर यसले भोलिको मतदानमा कस्तो प्रभाव पार्ला भनेर अड्कल काट्नेहरु पनि धेरै छन् । भोलिको चुनावमा यो घटनाले सकारात्मक वा नकारात्मक कस्तो प्रभाव पार्ला त्यो भोलि नै देखिनेछ तर निर्वाचनको तयारी भने अन्तिम चरणमा पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...