राजाले ठेगान लगाएका देउवाको राम्रो भएन रोल,यो बाहेक भारतीय राजदूतलाइ ओलीले अरु के-के लगाए पोल?



हाम्रो इकोनोमि

नेपालका लागि भारतीय राजदूत मञ्‍जित् सिंह पुरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बलकोट पुगेर भेटेका छन् ।आज ओली निवास पुगेर राजदूत सिंहले नेता ओलीलाई भेटेका हुन् । भारतीय दूतावासले ११ अगस्‍टमा काठमाण्डुमा आयोजना गर्न लागेको भारतको ७०औं स्थापना दिवसको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रमको निम्ता दिन राजदूत सिंह ओली निवास पुगेका हुन् ।
अध्यक्ष ओली र राजदूत सिंहबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । कुराकानीका क्रममा नेता ओलीले भारतसँग नेपालले हार्दिकता चाहेको बताएका थिए । नेपाल र भारतबीचको सम्बन्ध विगतदेखि नै हार्दिकतापूर्ण रहेको भन्दै ओलीले केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण समस्या भएको बताएका थिए । त्यो नेपाल भारत सम्बन्ध बिगार्ने तत्वले गरेको ओलीको भनाइ थियो।

‘नेपाल–भारतबीचको सम्वन्ध हिजोदेखि नै निकै हार्दिकतापूर्ण छ,’ ‘एक–दुई दर्जन व्यक्तिका व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर गरिएका गतिविधिले समस्या भएको छ ।’ओलीले राजदुत संग भनेको श्रोतले बताएको छ।
नेता ओलीले भर्खरै सम्पन्न भएको स्थानीय तहको २ चरणको निर्वाचनमा सत्तामा रहेका कांग्रेस र माओवादीले असहयोग गरेता पनि एमालेले पहिलो स्थान हासिल गर्न सफल भएको बताएका थिए । राजदुतले ओली लाइ बधाई र शुभकामना दिएका थिए।

ओलीले वर्तमान सरकारप्रति रहेको एमालेको असन्तुष्टि समेत राखेका थिए । ‘वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिला पूर्व राजा ज्ञानेन्द्रले असक्षम घोषणा गरेका थिए । अहिले उहाँ आफैँ असक्षम बन्ने काम गर्दै हुनुहुन्छ,’ ओलीले भने, ‘उहाँ असक्षमको बिल्ला लगाउन आतुर बन्नुभएको छ । उहाँका गतिविधिले त्यही पुष्टि गरेको छ ।’ देउवा सरकारले गरेका आतंकलाइ एमालेले सफल हुन् नदिने पनि ओलीले भेटमा बताएका छ।

 

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...