प्रजातन्त्रको मेरुदण्ड नै स्वतन्त्र न्यायपालिका : कानुनमन्त्री थापा



हाम्रो इकोनोमि

पोखरा । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रजातन्त्रको मेरुदण्ड नै स्वतन्त्र न्यायपालिका भएको बताएका छन् । सोही कारणले यसको गरिमा बढाउने गरी आफूले काम गर्ने दृढता व्यक्त गरेका छन् ।

उच्च अदालत बार इकाइद्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउन सके मात्रै गरेका कामले आपmूलाई सन्तुष्टि दिने धारणा राखेका छन् । न्यायालयमा जनताको पहँुच बढाउँनुपर्नेमा जोड दिँदै मन्त्री थापाले न्यायाधीशको सेवा सुविधा र वृत्तिविकास मात्र नभई न्यायिक क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि आफूले पहल गर्ने बताए ।

बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा लागेको स्मरण गराउँदै उनले स्वतन्त्र, निष्पक्ष र निर्भिक भएर न्याय सम्पादनमा न्यायमूर्ति लागे न्यायालयको गरिमा बढ्दै जाने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले चुस्त, दुरुस्त र छिटोछरिटो न्याय सम्पादनमा न्यायकर्मीहरु निरन्तर लागिरहने प्रण गरे ।

 

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...