प्रजातन्त्रको मेरुदण्ड नै स्वतन्त्र न्यायपालिका : कानुनमन्त्री थापा



हाम्रो इकोनोमि

पोखरा । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रजातन्त्रको मेरुदण्ड नै स्वतन्त्र न्यायपालिका भएको बताएका छन् । सोही कारणले यसको गरिमा बढाउने गरी आफूले काम गर्ने दृढता व्यक्त गरेका छन् ।

उच्च अदालत बार इकाइद्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउन सके मात्रै गरेका कामले आपmूलाई सन्तुष्टि दिने धारणा राखेका छन् । न्यायालयमा जनताको पहँुच बढाउँनुपर्नेमा जोड दिँदै मन्त्री थापाले न्यायाधीशको सेवा सुविधा र वृत्तिविकास मात्र नभई न्यायिक क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि आफूले पहल गर्ने बताए ।

बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा लागेको स्मरण गराउँदै उनले स्वतन्त्र, निष्पक्ष र निर्भिक भएर न्याय सम्पादनमा न्यायमूर्ति लागे न्यायालयको गरिमा बढ्दै जाने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले चुस्त, दुरुस्त र छिटोछरिटो न्याय सम्पादनमा न्यायकर्मीहरु निरन्तर लागिरहने प्रण गरे ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...