प्रचण्डका ज्वाईको जाहेरी पछि मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा प्रहरी नियन्त्रणमा



हाम्रो इकोनोमि

चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरब ज्ञवालीलाई प्रहरीले आज पक्राउ गरेको छ । माओवादी नेतृ रेणु दाहालको चरित्र हत्या गरेको आरोपमा उनलाई प्रहरीले काठमाडौंको पुतलिसडकबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल मार्फत दाहालको चरित्रहत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । रेणु दाहालका श्रीमान अनिल कुमार पाठकले किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीसँगै अर्का एक जना एमाले कार्यकर्ता पनि पक्राउ परेका छन् । पाठकले शुक्रवार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । साइबर अपराध मुद्दा काठमाडौं जिल्ला अदालतले मात्रै हेर्ने भएकोले काठमाडौं प्रहरीबाटै हेर्ने गरि उनलाई पक्राउ गरिएको हो ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर प्रमाणित भएमा दुई लाख जरिवाना र पाँच वर्ष सम्म कद हुन सक्छ वा दुबै सजाय हुन सक्छ । निरव र उनीसँग पक्राउ परेका एसबी बोहोराको फेसबुकबाट रेणुलाई गालीगलौज गरेका सामग्रीहरु पोष्ट भएका थिए । त्यसै लाइ आधार बनाएर प्रहरीले दुवै लाइ नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...