प्रचण्डका ज्वाईको जाहेरी पछि मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा प्रहरी नियन्त्रणमा



हाम्रो इकोनोमि

चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरब ज्ञवालीलाई प्रहरीले आज पक्राउ गरेको छ । माओवादी नेतृ रेणु दाहालको चरित्र हत्या गरेको आरोपमा उनलाई प्रहरीले काठमाडौंको पुतलिसडकबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल मार्फत दाहालको चरित्रहत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । रेणु दाहालका श्रीमान अनिल कुमार पाठकले किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीसँगै अर्का एक जना एमाले कार्यकर्ता पनि पक्राउ परेका छन् । पाठकले शुक्रवार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । साइबर अपराध मुद्दा काठमाडौं जिल्ला अदालतले मात्रै हेर्ने भएकोले काठमाडौं प्रहरीबाटै हेर्ने गरि उनलाई पक्राउ गरिएको हो ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर प्रमाणित भएमा दुई लाख जरिवाना र पाँच वर्ष सम्म कद हुन सक्छ वा दुबै सजाय हुन सक्छ । निरव र उनीसँग पक्राउ परेका एसबी बोहोराको फेसबुकबाट रेणुलाई गालीगलौज गरेका सामग्रीहरु पोष्ट भएका थिए । त्यसै लाइ आधार बनाएर प्रहरीले दुवै लाइ नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...