ओखरपौवामा फोहोर फाल्न फेरी अवरोध



हाम्रो इकोनोमि

नुवाकोट । वर्षाको समयमा फोहोर व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले लापरबाही गरेको आरोप लगाउदै ओखरपौवाका स्थानीयले फोहोर फाल्न रोक लगाएको छ । नुवाकोट ओखरपौवामा काठमाडौँ उपत्यकाको फोहोर फाल्न स्थानीय बासिन्दाले अवरोध पु¥याएका हुन् ।

वर्षाको समयमा फोहोर व्यवस्थापनमा काठमाडाँै महानगरपालिकाले लापरवाही गरेको भन्दै विरोधमा आज बिहानैदेखि स्थानीय बासिन्दाले फोहोर बोकेर ओखरपौवा आइपुगेका गाडी रोकेर अवरोध गरेका छन् । अघि पनि पटक पटक उनीहरुले फोहोर फाल्न अवरोध गरेका थिए ।

स्थानीयवासीको अवरोधका कारण उपत्यकाबाट फोहोर बोकेर डम्पिङ क्षेत्र ओखरपौवा आइपुगेका एक सयभन्दा बढी गाडी बीच सडकमा नै रोकिएका छन् । स्थानीय बासिन्दाले फोहोर फाल्ने डम्पिङ क्षेत्रमा फोहोरको विर्सजनपश्चात् दुर्गन्ध फैलन नदिन माटोले पुर्नुपर्ने र औषधि छर्केर रोगको संक्रमण नियन्त्रण गर्नुपर्ने दुईबुँदे माग राखेर फोहोर फ्याक्न अवरोध पु¥याएका हुन् ।

यस अघिदेखि नै स्थानीयवासीले फोहोर व्यवस्थापनमा सुधारको माग राख्दै आए पनि बेवास्था गरेपछि बाध्य भएर रोक्नुपरेको ककनी गाँउपालिका–२ का वडा अध्यक्ष घननाथ बज्रगार्इंले जानकारी दिए । अवरोध खुलाउन काठमाडौँ महानगरपालिकाको प्रतिनिधि एंव जनप्रतिनिधि र स्थानीयबासिन्दाबीच प्रयास शुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...