कीर्तिपुरमा अब एकीकृत बस्ती विकास



हाम्रो इकोनोमि

काठमाडौँ । कीर्तिपुर नगरपालिका मा अब एकीकृत बस्तीको अवधारणाअनुरुप बस्ती विकास गर्ने भएको छ । नगरपालिकाले बस्ती विकासका लागि स्थानीय सल्यानथानदेखि तीनथाना सिमानासम्मको जमिनलाई उपयुक्त ठहर गरेको छ ।

करिब तीनहजार रोपनी क्षेत्रफल रहेको त्यस स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको नगरपालिकाले भूकम्प प्रतिरोधात्मक र बलियो भवन निर्माणका लागि गृहकार्य गरिरहेको हो । विसं २०७२ को भूकम्पमा ठूलो धनजनको क्षति भएको नगरपालिकामा प्राचीन बस्ती पर्याप्त मात्रामा रेको छ ।

बस्ती विस्तारका लागि नगरपालिकाले प्राविधिक सहयोग र थप अनुसन्धानका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणसँग सहयोग मागेको छ । प्राधिकरणका प्राविधिकलगायत समूहले सुक्ष्म अध्ययन गरेपछि उक्त स्थान उचित ठहरिएमा विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिने छ ।

परियोजनामा के कति लागतमा, कति क्षेत्रफलमा कस्तो स्वरुपको भवन निर्माण गरी कति परिवारलाई स्थापित गर्न सकिन्छ भन्नेबारे उल्लेख गरिनेछ । त्यसपछि विज्ञको सुझावसहित स्रोत संकलनका उपाय अवलम्बन गरी गुरुयोजना निर्माण गरिने नगरप्रमुख रमेश महर्जनले जानकारी दिनुभयो । राष्ट्रिय जनगणना २०६८ अनुसार करिब ६५ हजार जनसंख्या रहेको उक्त नगरपालिकामा १४।७६ वर्गकिलोमिटर क्षेत्रफल छ । कुल १० वडा रहेको त्यस क्षेत्रमा प्राचीन महत्वका मठमन्दिर, सम्पदा तथा स्मारक छन् ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...