कीर्तिपुरमा अब एकीकृत बस्ती विकास



हाम्रो इकोनोमि

काठमाडौँ । कीर्तिपुर नगरपालिका मा अब एकीकृत बस्तीको अवधारणाअनुरुप बस्ती विकास गर्ने भएको छ । नगरपालिकाले बस्ती विकासका लागि स्थानीय सल्यानथानदेखि तीनथाना सिमानासम्मको जमिनलाई उपयुक्त ठहर गरेको छ ।

करिब तीनहजार रोपनी क्षेत्रफल रहेको त्यस स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको नगरपालिकाले भूकम्प प्रतिरोधात्मक र बलियो भवन निर्माणका लागि गृहकार्य गरिरहेको हो । विसं २०७२ को भूकम्पमा ठूलो धनजनको क्षति भएको नगरपालिकामा प्राचीन बस्ती पर्याप्त मात्रामा रेको छ ।

बस्ती विस्तारका लागि नगरपालिकाले प्राविधिक सहयोग र थप अनुसन्धानका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणसँग सहयोग मागेको छ । प्राधिकरणका प्राविधिकलगायत समूहले सुक्ष्म अध्ययन गरेपछि उक्त स्थान उचित ठहरिएमा विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिने छ ।

परियोजनामा के कति लागतमा, कति क्षेत्रफलमा कस्तो स्वरुपको भवन निर्माण गरी कति परिवारलाई स्थापित गर्न सकिन्छ भन्नेबारे उल्लेख गरिनेछ । त्यसपछि विज्ञको सुझावसहित स्रोत संकलनका उपाय अवलम्बन गरी गुरुयोजना निर्माण गरिने नगरप्रमुख रमेश महर्जनले जानकारी दिनुभयो । राष्ट्रिय जनगणना २०६८ अनुसार करिब ६५ हजार जनसंख्या रहेको उक्त नगरपालिकामा १४।७६ वर्गकिलोमिटर क्षेत्रफल छ । कुल १० वडा रहेको त्यस क्षेत्रमा प्राचीन महत्वका मठमन्दिर, सम्पदा तथा स्मारक छन् ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...