बाइपास अतिक्रमण हटाउन सूचना



हाम्रो इकोनोमि

वीरगंज । बाइपास सडकखण्डमा बाटो छेकी राखेका विभिन्न सामानहरु हटाउनको लागि उर्दी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको बाइपास सडकखण्डमा जग्गा अतिक्रमण गरी घर टहरा, ट्र्याक्टर, बस, ट्रक, पसल राख्ने गरेकाले तीन दिनभित्र त्यो ठाउँ खाली गराउन सबैलाई सूचना जारी गरेको हो ।

बाइपास सडकखण्डमा बाटो छेकी राखेका साइड पसल, ट्रक बस मर्मत गर्ने पसल राखी बाटो नै अतिक्रमण गरेकाले यातायातमा असुविधा हुँदा आजदेखि ती अतिक्रमण हटाउन सूचना जारी गरेको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताएका छन् ।

प्रहरीले वीरगञ्ज महानगरपालिकासँग सहकार्य गरी सो कदम चालेको हो । वाइपास सडकको दायाँबायाँ अतिक्रमण गरी विभिन्न व्यक्तिले पसल राखेकाले सवारीसाधन तथा पैदलयात्रीलाई आवतजावतमा समस्या भएकाले प्रहरीले सो तीन दिने सूचना जारी गर्दै तोकिएको समयमा सो अतिक्रमण नहटाए प्रहरी आफैँले अतिक्रमण हटाउने समेत सूचना टाँसी जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...