बाइपास अतिक्रमण हटाउन सूचना



हाम्रो इकोनोमि

वीरगंज । बाइपास सडकखण्डमा बाटो छेकी राखेका विभिन्न सामानहरु हटाउनको लागि उर्दी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको बाइपास सडकखण्डमा जग्गा अतिक्रमण गरी घर टहरा, ट्र्याक्टर, बस, ट्रक, पसल राख्ने गरेकाले तीन दिनभित्र त्यो ठाउँ खाली गराउन सबैलाई सूचना जारी गरेको हो ।

बाइपास सडकखण्डमा बाटो छेकी राखेका साइड पसल, ट्रक बस मर्मत गर्ने पसल राखी बाटो नै अतिक्रमण गरेकाले यातायातमा असुविधा हुँदा आजदेखि ती अतिक्रमण हटाउन सूचना जारी गरेको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताएका छन् ।

प्रहरीले वीरगञ्ज महानगरपालिकासँग सहकार्य गरी सो कदम चालेको हो । वाइपास सडकको दायाँबायाँ अतिक्रमण गरी विभिन्न व्यक्तिले पसल राखेकाले सवारीसाधन तथा पैदलयात्रीलाई आवतजावतमा समस्या भएकाले प्रहरीले सो तीन दिने सूचना जारी गर्दै तोकिएको समयमा सो अतिक्रमण नहटाए प्रहरी आफैँले अतिक्रमण हटाउने समेत सूचना टाँसी जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...