‘फ्रि भिसा फ्रि टिकट’ छिट्टै कार्यान्वयनः मन्त्री मन्सुर



हाम्रो इकोनोमि

श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारीमा जाने युवायुवती ठगीमा परेको भन्दै फ्रि भिसा फ्रि टिकटको निर्णय छिट्टै कार्यान्वयनमा ल्याउने बताउनुभएको छ ।
सप्तरीको सदरमुकाम राजविराजस्थित सुरक्षित आप्रवाशन तथा सूचना केन्द्रको मंगलबार गतिविधि तथा ठगीमा परेकासँग जानकारी लिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
गाउँगाउँमा वैदेशिक रोजगारीको नाममा संस्थागतरुपमा ठगी भइरहेकाले यस विषयमा आफूले साउन महिनाभित्र नयाँ कदम चाल्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गरिब एवं विपन्न परिवारका व्यक्तिले सुविधाका लागि सरकारले दिएको फ्रि भिसा फ्रि टिकटको निर्णय छिट्टै कार्यान्वयन हुन्छ, उहाँले आश्वासन पनि दिनुभयो ।

करिब दुई वर्ष अगाडि सरकारले निःशुल्क भिसा र निःशुल्क टिकटको निर्णय लिए पनि हालसम्म कार्यान्वयनमा नआउँदा ‘देशैभरिका जिल्लामा वैदेशिक रोजगारीमा जाने व्यक्ति ठगीमा पर्ने गरेको र ठग पोख्त रहेका कारण प्रमाण नछोड्दा कारबाही प्रक्रिया पनि प्रभावकारी हुन नसकेको मन्त्री मनसुरले गुनासो गर्नुुभयो ।
जिल्ला परियोजना समन्वय समितिका संयोजक एवं स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सामी हेल्भेटास नेपालका टिम लिडर सीता घिमिरे, सप्तरी सामुदायिक विकास केन्द्रका अध्यक्षसमेत रहेका गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष शम्भुनन्द चौधरी, सबल नेपालका निर्देशक दीपककुमार झा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, सशस्त्र प्रहरी उपरीक्षक रामाआधार यादवलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, सूचना केन्द्र सञ्चालन भएयता १३ हजार ८०२ जनाले निःशुल्क सूचना परामर्श लिएका छन् भने ठगीमा परेका एक हजार ३१ जनाले सूचना केन्द्रमा न्यायका लागि निवेदन दर्ता गराएकोमा छ हजार ६४१ जनाको मुद्दा समाधान गरी कुल रु दुई करोड ८९ लाख १७ हजार २०० फिर्ता गराउन सफल भएको कार्यक्रममा सूचना तथा परामर्श केन्द्रका संयोजक रामप्रमेश मण्डलले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीको सिलसिलामा आठ वर्षयता १२९ जनाले ज्यान गुमाएको सूचना तथा परामर्श केन्द्रका संयोजक मण्डलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...