भारतपुर १९ मा २० गते चुनाब हुने



हाम्रो इकोनोमि

भरतपुरमा मंगलबार बसेको सर्वपक्षीय बैठकले २० गते चुनाव गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा चुनावको मिति तय गर्न सोमबार मात्र चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाई निर्देशन दिएको थियो । त्यो निर्देशन अनुसार चितवनका मुख्य निर्वाचन अधिकृत न्यौपानलेले मंगलबार सर्वपक्षीय बैठक आह्वान गरेर चुनावको मिति तोकेका हुन् ।

१९ नम्बर वडामा आफूहरुले सोचे जति मत नआएपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए । त्यसपछि निर्वाचन आयोगले त्यहाँ पुनः चुनाव गर्ने निर्णय गरेको थियो ।
फेरी चुनाब गर्ने निर्णयविरुद्ध परेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेसंगै त्यहाँ २० गते चुनाव हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...