जिसस प्रमुखमा एमालेलाई चिठ्ठा



हाम्रो इकोनोमि

म्याग्दी । जिल्ला समन्वय समिति बनाउनका लागि मत बराबर भएपछि जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई चिठ्ठा परेको छ । कांग्रेस र एमालेबीच प्रमुखसहित चार सदस्य र उपप्रमुख सहित पाँच सदस्य पाउने लिखित सहमतिपछि सञ्चारकर्मीको रोहोवरमा गोला गरिएको थियो ।

यसो गरिएपछि मंगलबार हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि सर्वसम्मत मनोनयन दर्ता हुने भएको छ । एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा देवेन्द्रबहादुर केसीले र महिला सदस्यमा बोमायाँ गर्वुजाले मनोनयन दर्ता गर्ने भएका छन । बाँकी दुई सदस्यमा एमालेको कोटाबाट राप्रपाबाट सुकमायाँ छन्त्याल र हरिबहादुर शाक्यले मनोनयन गर्ने भएका हुन् ।

त्यसैगरी नेपाली कांग्रेसबाट जिल्ला समन्वय समितिको उपप्रमुखमा लोकबहादुर मल्लले मनोनयन दर्ता गर्ने भएका छन् । प्रमुखका दावेदार मल्ल चिठ्ठा नपरेपछि उपप्रमुखमा ओर्लेका हुन् । त्यसैगरी सदस्यहरुमा रामदेवी पुन, खिमाकुमारी पुर्जा, मिकबहादुर गर्वुजाले मनोनयन गर्दै छन् । कांग्रेस कोटाबाट माओवादी केन्द्रका शेरबहादुर कसीले पनि सदस्यमा मनोनयन गर्ने तयारीमा छन् ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...