माछापुच्छ्रेको थप ११ स्थानबाट सेवा



काठमाडौँ । माछापुच्छ्रे बैंकले सोमबार एकै पटक ११ वटा नयाँ स्थानबाट बैंकिङ सेवा सुरु गरेको छ। बैंकले थप ६ शाखा, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

बैंकले दमक, लहान, बर्दिबास, सुर्खेत, महेन्द्रनगर र कोहलपुरमा गरी ६ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालन गरेको छ, यसैगरी सिरहाको कल्याणपुर गाउँपालिका, तनहुँको भिमाद नगरपालिका तथा कञ्चनपुर जिल्ला आईबीआरडी पुनर्वास नगरपालिकामा एक्स्टेन्सन काउन्टरहरू सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

बैंकका अनुसार रूपन्देहीस्थित गैंडहवा तथा सम्मरीमाई गाउँपालिकामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। बैंकले शाखा शुभारम्भ भएको उपलक्ष्यमा निश्चित समयका लागि निस्शुल्क डेबिट कार्ड उपलब्ध गराउने, कर्जा शुल्कमा ०।२५ प्रतिशत छुट दिने र लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने इत्यादि सुविधासमेत उपलब्ध गराएको विज्ञप्ति मा र्फत जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार