३९ जलविद्युत् आयोजना जोखिममा



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लेऊ र तिर (टेक एन्ड पे ) प्रणालीमा विद्युत् खरिद सम्झौता (पीपीए) गरेर लेऊ वा तिर (टेक अर पे) मा रूपान्तरण गरिएका निजी क्षेत्रका आयोजनाको निर्माणमा जोखिम देखिएको छ ।

उत्पादित विद्युत् खेर जाने भन्दै टेक एन्ड पेमा पीपीए गरेर १० वर्षमा १० हजार मेगावाटको कार्ययोजना अनुसार फेरि टेक अर पेमा रूपान्तरण गरिएका ३९ जलविद्युत् आयोजनाको निर्माणमा जोखिम आएको हो ।

विद्युत प्राधिकरणले टेक अर पेमा पीपीए रूपान्तरण गर्दा ९० प्रतिशतमात्र बिजुली खरिद गर्नेगरी सम्झौता गरेपछि ७ सय २६ मेगावाटका ती जलविद्युत् आयोजनाहरूको निर्माणमा जोखिम देखिएको निजी प्रवद्र्धकहरूले बताउन थालेका छन् ।
टेक अर पे पीपीएमा रूपान्तरण गर्दा १० प्रतिशत नकिन्नेगरी विद्युत् प्राधिकरणले सम्झौता गरेपछि ती सबै आयोजनाहरू निर्माणका लागि सम्भव नदेखेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष शैलेन्द्र गुरागार्इंले बताए ।

 

वर्षामा १० प्रतिशत ऊर्जा विद्युत् प्राधिकरणले नकिन्ने भएपछि आयोजना वित्तीय व्यवस्थापन र प्रतिफलको हिसाबले निर्माण गर्न कठिन रहेको उनको दाबी रहेको छ । हिउँदमा कुल क्षमताको करिब ३३ प्रतिशतमात्र उत्पादन हुने र शतप्रतिशत उत्पादन हुने बेलामा प्राधिकरणले १० प्रतिशत नकिन्दा त्यसले आम्दानी घटेर सर्वसाधारणले पाउने मुनाफामा पनि असर पर्ने निश्चित छ । टेक एन्ड पेबाट टेक अर पे पीपीएमा रूपान्तरण गरिएको १०.५ मेगावाटको लोअर मोदी–२ को प्रवद्र्धक युनाईटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक सुधीर तिमल्सिना प्राधिकरणले १० प्रतिशत बिजुली नकिन्दा प्रवद्र्धकहरूलाई ठूलो असर पर्ने बताउँछन् ।

 

प्राधिकरणले २०७३ माघमा बसेको ७४६ औं बैठकले उत्पादन मिश्रणको परिधिमा रही नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत्को हकमा ३० प्रतिशतसम्म पीपीए गर्ने निर्णयअनुसार रूपान्तरण गरिएको थियो । बैठकले टेक अर पे पीपीएमा रूपान्तरण गर्नुपर्ने आयोजनाको हकमा असारदेखि कात्तिक महिनासम्मको १० प्रतिशत ऊर्जा रिजर्भ मार्जिनमा राखी बाँकी ९० प्रतिशत ऊर्जाको हकमा टेक अर पेमा पीपीए गर्ने निर्णय भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । “प्रसारण प्रणालीले भ्याएसम्म १० प्रतिशत ऊर्जा पनि तोकिएकै दरमा खरिद गर्न सकिनेछ, १० प्रतिशत क्षमता रिजर्भमा राख्नु भनेको प्रणालीको हिसाबले स्वभाविक नै हो,” उनले भने ।

 

निजी प्रवद्र्धकहरू भने १० वर्षे कार्ययोजनामा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार पहिला टेक एन्ड पे मा पीपीए गरेर टेक अर पेमा रूपान्तरण गरिएका सबै आयोजनाको बिजुली प्राधिकरणले शतप्रतिशत किन्नुपर्ने बताउँछन् । “विद्युत् किन्ने एउटै निकाय छ, किन्दिन भनेर पाउँछ र रु कि अर्को विद्युत् खरिद गर्ने निकाय सरकारले बनाउनुप¥यो, किन निजी क्षेत्रलाई बिक्री गर्ने लाइसेन्स दिनुप¥यो,” इप्पान अध्यक्ष गुरागार्इं भन्छन् ।

 

प्राधिकरणका अनुसार टेक अर पेमा पीपीए रूपान्तरण गरिएका आयोजनाहरूमा ७८ मेगावाटको साञ्जेनखोला, ७५ मेगावाटको त्रिशुली गल्छी, ५२ मेगावाटको मिडिल तमोर, ५२ मेगावाटको अपर लाप्चे, ३३.४ मेगावाटको लिखु–२,५१.४ मेगावाटको लिखु–१, २० मेगावाटको अपर म्याग्दी, ४८.८ मेगावाटको खिम्ती–२ लगायतका ३९ आयोजना छन् । ती आयोजनाहरूबाट उत्पादन हुने १० प्रतिशत बिजुली प्राधिकरणले नकिन्दा आर्थिक रूपमा समेत आयोजना निर्माण असम्भव जस्तै रहेको प्रवद्र्धकहरूको तर्क छ ।

 

प्रतिक्रिया दिनुहोस
औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका

ट्यांकर चालक संघ र सरकारबीच सहमति

    नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच वार्ता सकारात्मकरूपमा टुंगिएको छ

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव

    काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ । हिजो साँझबाटै पेट्रोल अभाव

मकवानपुर थानाभर्‍याङको तेस्रो ठूलो सबस्टेसन सञ्चालनमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका